$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

चाइना हाइनान ओपन युथ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने पर्साका खेलाडीहरुलाई अध्यक्ष श्रेष्ठले बिदाइ गरे

चाइना हाइनान ओपन युथ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने पर्साका खेलाडीहरुलाई अध्यक्ष श्रेष्ठले बिदाइ गरे  वीरगञ्ज । “स्वास्थ्यका लागि खे...


चाइना हाइनान ओपन युथ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने पर्साका खेलाडीहरुलाई अध्यक्ष श्रेष्ठले बिदाइ गरे 

वीरगञ्ज । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति पर्सा, वीरगञ्जले चीनमा आयोजना हुन लागेको २०२६ चाइना हाइनान ओपन युथ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने पर्साका खेलाडीहरूलाई बिदाइ गरेको छ।

प्रतियोगितामा पर्सा जिल्लाबाट सहभागी हुने खेलाडीहरूलाई नेपाल तेक्वान्दो संघ पर्साले फूलमाला, खादा तथा अबिर लगाएर बिदाइ गरेको हो।

प्रतियोगितामा डिपिएस स्कुलमा अध्ययनरत ३९ केजी तौल समूहकी सान्भी शर्मा, ३३ केजी तौल समूहकी अवन्तिका झा तथा पुम्से विधातर्फ अवनसीका गुप्ता लगायतका खेलाडीहरूले सहभागिता जनाउने जनाइएको छ।

बिदाइ कार्यक्रममा नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति पर्साका अध्यक्ष गणेशमान श्रेष्ठले खेलाडीहरूलाई शुभकामना दिँदै चीनमा उत्कृष्ट प्रदर्शन गरेर नेपालको नाम अन्तर्राष्ट्रियस्तरमा उच्च राख्न आग्रह गर्नुभयो।

अध्यक्ष श्रेष्ठले खेलाडीहरूले प्रतियोगितास्थलमा नेपालको झण्डा फहराउँदै आफ्नो प्रतिभा उत्कृष्ट प्रस्तुत गरी सफलता हासिल गर्न र आत्मा विश्वासका साथ खेलमा ध्यान दिन आग्रह गर्नुभएकोथियो।  अध्यक्ष श्रेष्ठले खेलाडीहरूको मेहनत, अनुशासन र आत्मविश्वासले देशको गौरव बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै प्रतियोगिताका लागि हार्दिक शुभकामना दिनुभयो।

पर्साबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन लागेका खेलाडीहरूलाई बिदाइ गर्दै संघले उनीहरूको उज्ज्वल भविष्य तथा प्रतियोगितामा उत्कृष्ट सफलताको कामना गरेको छ। टोलीमा प्रशिक्षक दिपेश मानन्धर रहेका छन्। खेलाडीहरूको विदाई समारोहमा  नेपाल तेक्वान्दो संघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रबहादुर क्षेत्री उपाध्यक्ष रमेश नारायण मानन्धर कोषाध्यक्ष राजेन्द्र खड्गी सदस्य नाजिया सिद्दिकी जिल्ला खेलकुद विकास समितिका प्रमुख नाजिर हुसेन अन्सारी प्रशिक्षक दिपेश मानन्धर सिनियर खेलाडी विक्रान्त डंगोल लालबाबु यादव आसिफ हुसेन अन्सारी तथा अभिभावक  र खेलाडीहरूको उपस्थिति रहेको थियो।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content