$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

श्री कृष्ण प्रणामी युवा परिषदद्वारा खुल्ला रक्तदान सात महिला सहित २३ जनाले गरे रक्तदान गरे

नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसमा श्री कृष्ण प्रणामी युवा परिषदद्वारा खुल्ला  रक्तदान सात महिला सहित २३ जनाले गरे रक्तदान गरे वीरगञ्ज ।...

नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसमा श्री कृष्ण प्रणामी युवा परिषदद्वारा खुल्ला  रक्तदान सात महिला सहित २३ जनाले गरे रक्तदान गरे

वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवसको अवसरमा श्री कृष्ण प्रणामी युवा परिषद् वीरगञ्ज, पर्साले खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ। उक्त खुल्ला रक्तदान कार्यक्रममा ७ महिलासहित २३ जनाले रक्तदान गरेको श्री कृष्ण प्रणामी युवा परिषद्का अध्यक्ष योगेश यादवले जानकारी दिनुभएको छ।

श्री कृष्ण प्रणामी युवा परिषद् वीरगञ्जका अध्यक्ष योगेश यादवको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीको प्रमुख आतिथ्यमा सो खुल्ला रक्तदान  कार्यक्रम सम्पन्न भएको हो।  रक्तदान कार्यक्रममा  रक्तदान गर्नेहरु यशोध पोख्रेल विष्णु वास्तौला दिपक पोख्रेल मोहिनी कुमारी समझना गुप्ता चादनी गुप्ता रजनीश कुमार अन्जली कुमारी यादव नौरतन पाण्डे उज्वल कुमार सरार्फ बिक्की पाण्डे अमित कुमार गुप्ता लगायत रहेको परिषद्का  अध्यक्ष यादवले बताएका छन्! रक्तदान कार्यक्रमा परिषदका सदस्य, स्थानीय युवा तथा सर्वसाधारणहरुको उल्लेखनिय सहभागिता रहेको थियो। रक्तदान कार्यक्रममा सहभागीहरूले रक्तदान गरी मानव जीवन बचाउने अभियानमा योगदान दिएका अध्यक्ष यादवले बताएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी नायब उपरीक्षक राजु कार्कीले रक्तदान मानव सेवाको महत्वपूर्ण कार्य भएको बताउँदै नियमित रक्तदानमार्फत आवश्यक परेको समयमा बिरामी तथा दुर्घटनामा परेकाहरूलाई सहयोग गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

परिषद्का अध्यक्ष यादवले सामाजिक तथा मानवीय सेवाका कार्यलाई निरन्तरता दिने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनु भएको हो। उहाँले रक्तदानप्रति युवाहरूमा थप जागरूकता र सहभागिता बढाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै सामाजिक सेवामा युवाहरूको सहभागितालाई समेत प्रोत्साहन गर्ने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको जनाएका छन्। रक्तदान कार्यक्रममा श्री कृष्ण मन्दिर समितिका अध्यक्ष संजय अग्रवाल रजनीश कुमार राहुल रौनयार निवर्तमान अध्यक्ष सचिन दारुका तथा स्थानीय बासिन्दाहरु तथा रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा सो रक्तदान कार्यक्रम सम्पन्न भएको थियो!

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content