समाजिक उत्तरदायित्व बहन गर्दै एन्जल वर्ल्ड स्कुलद्वारा रु. १ लाख १ हजार बाढी पीडितहरूलाई आर्थिक सहयोग बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि एन्जल वर्ल्ड स्कुलका विद्यार्थीहरु, शिक्षक शिक्षिकाहरू तथा विद्यालय व्यवस्थापन गरि रु. १ लाख १ हजार आर्थिक सहयोग गरिएको डाइरेक्टर राम श्रेष्ठले जानकारी दिनुभएको छ।
नेसनल प्याब्सन मधेश प्रदेशको तेस्रो ऐतिहासिक अधिवेशनका अवसरमा एन्जल वर्ल्ड स्कुलका विद्यार्थी, शिक्षक तथा स्कुलको तर्फबाट संकलन गरिएको उक्त चेक राष्ट्रिय अध्यक्ष गीता राणालाई हस्तान्तरण गरिएको एन प्याप्सन जिल्ला अध्यक्ष राम श्रेष्ठले बताएका हुन्।
श्रेष्ठका अनुसार उक्त रकम दैवी प्रकोप प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो। बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि एन्जल वर्ल्ड स्कुल परिवारले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग गरेको उनले बताए।
एन्जल वर्ल्ड स्कुलले मानवता, करुणा र एकताको भावनासहित गरिएको यो सहयोग विपद्को समयमा पीडित परिवारप्रतिको ऐक्यबद्धता र सामाजिक उत्तरदायित्वको प्रतिबिम्ब भएको जनाएको छ।
साथै, विपद्को समयमा सबैले आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्नुपर्ने र सानो सहयोगले पनि प्रभावित परिवारमा आशा तथा राहतको अनुभूति होस् भन्ने उद्देश्यले आफ्नो विद्यालयले पनि सहभागिता जनाएको बताएका छन् । सामाजिक क्षेत्रमा उत्तरदायित्व बहन गर्ने उद्देश्यले दैविक प्रकोप तथा अन्य क्षेत्रमा समेत विद्यालयले सहयोग गर्दै आइरहेको अध्यक्ष श्रेष्ठको भनाइ रहेको छ।

COMMENTS