$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

बाल दिवसको अवसरमा श्री जिल्ला उचाङ्गल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरू संग वक्तृत्वकला प्रतियोगिता सम्पन्न

बाल दिवसको अवसरमा श्री जिल्ला उचाङ्गल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरू संग वक्तृत्वकला  प्रतियोगिता सम्पन्न पोखरिया, पर्सा । बाल ...

बाल दिवसको अवसरमा श्री जिल्ला उचाङ्गल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरू संग वक्तृत्वकला  प्रतियोगिता सम्पन्न

पोखरिया, पर्सा । बाल दिवसको अवसरमा एनसीई नेपाल जिल्ला समिति पर्साको आयोजनामा पर्साको पोखरियास्थित श्री जिल्ला उचाङ्गल राष्ट्रिय माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

विद्यालयका प्रधानाध्यापक राजकुमार शाहको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा कक्षा ८ र ९ मा अध्ययनरत बालबालिकाहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले बालबालिकाको अधिकार, बालअधिकारको संरक्षण तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण गर्न अपनाउनुपर्ने उपायलगायतका विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए।

कार्यक्रममा पोखरिया नगरपालिकाको शिक्षा शाखाका ललन पटेलले बालबालिकाको अधिकार सुनिश्चित गर्नुका साथै उनीहरूमाथि हुने विभिन्न प्रकारका हिंसा न्यूनीकरणका लागि विद्यालय, अभिभावक, स्थानीय सरकार तथा सम्बन्धित सबै पक्षको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।

उहाँले बालबालिकालाई आफ्ना अधिकार र कर्तव्यबारे सचेत गराउँदै सुरक्षित, सम्मानजनक र बालमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।

प्रतियोगिताले बालबालिकामा आफ्ना विचार स्पष्ट रूपमा प्रस्तुत गर्ने क्षमता विकास गर्नुका साथै बालअधिकार र हिंसा न्यूनीकरणसम्बन्धी सचेतना अभिवृद्धि गर्न सहयोग पुगेको आयोजकले जनाएको छ। कार्यक्रमका सहभागी विद्यार्थीहरूले बालबालिकाका सवालमा खुलेर आफ्ना धारणा राख्ने अवसर पाएकोमा खुशी व्यक्त गरेका थिए।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content