$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

बाराका प्रमुख जिल्ला अधिकारीसँग वीरगंज उद्योग वाणिज्य संघको भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न

 बाराका प्रमुख जिल्ला अधिकारीसँग वीरगंज उद्योग वाणिज्य संघको भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न वीरगंज ४ असोज ।   वीरगंज उद्योग वाणिज्य संघले...


 बाराका प्रमुख जिल्ला अधिकारीसँग वीरगंज उद्योग वाणिज्य संघको भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न

वीरगंज ४ असोज ।  

वीरगंज उद्योग वाणिज्य संघले बाराका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीसँग भेटघाट तथा छलफल गरेको छ । संघका अध्यक्ष हरि प्रसाद गौतमको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी अधिकारीलाई स्वागत गर्दै उद्योगी व्यवसायीका विभिन्न समस्या तथा औद्योगिक सुरक्षाका विषयमा छलफल गरेको हो ।कार्यक्रममा संघका अध्यक्ष गौतमले औद्योगिक करिडोरमा उद्योग तथा व्यवसाय सञ्चालनका लागि शान्ति सुरक्षाको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उद्योगी व्यवसायीको लगानी र सम्पत्तिको सुरक्षालाई प्राथमिकतामा राख्न प्रमुख जिल्ला अधिकारी अधिकारीको ध्यानाकर्षण गराउनुभयो । उहाँले उद्योग क्षेत्रमा देखिएका सुरक्षा तथा अन्य व्यावहारिक समस्याको समाधानका लागि प्रशासन र निजी क्षेत्रबीच निरन्तर समन्वय आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी संघका निवर्तमान अध्यक्ष अनिल अग्रवालले औद्योगिक क्षेत्रमा देखिएका सुरक्षा चुनौती, करसम्बन्धी विषय तथा व्यवसायीले भोग्दै आएका समस्याबारे प्रमुख जिल्ला अधिकारी अधिकारीको ध्यानाकर्षण गराउनुभयो । उहाँले उद्योगी व्यवसायी र प्रशासनबीच निरन्तर संवाद तथा समन्वय आवश्यक रहेको बताउनुभयो ।


संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले उद्योग तथा व्यवसाय क्षेत्रले भोग्दै आएका विभिन्न समस्या प्रस्तुत गर्दै वैध रूपमा सञ्चालन भइरहेका उद्योग व्यवसायलाई सहज वातावरण उपलब्ध गराउन प्रशासनसँग सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले औद्योगिक क्षेत्रको सुरक्षा मजबुत भएमा लगानीको वातावरण थप विश्वासिलो बन्ने बताउनुभयो ।


कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले वैध तथा नियमसंगत व्यवसायलाई प्राथमिकता दिँदै उद्योगी व्यवसायीलाई सहज वातावरण निर्माण गर्न प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले औद्योगिक क्षेत्रको सुरक्षालाई प्रभावकारी बनाउन क्विक रेस्पोन्स टिम (QRT) गठन गरी आवश्यक अवस्थामा तत्काल सुरक्षा परिचालन गर्ने व्यवस्था मिलाइने जानकारी दिनुभयो । औद्योगिक सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले उद्योगी व्यवसायीलाई ढुक्क भएर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन प्रशासनले आवश्यक सहजीकरण गर्ने बताउनुभयो ।

प्रजिअ अधिकारीले सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई सहज, सरल र मैत्रीपूर्ण वातावरण उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । सेवाग्राहीले अनावश्यक झन्झट बेहोर्न नपर्ने गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने उहाँको भनाइ थियो ।


कार्यक्रममा संघका उपाध्यक्ष आशिष लाठ, सचिव प्रेमचन्द्र गोयल, सहसचिव अनुप अग्रवाल लगायत कार्यसमिति सदस्यहरूको सहभागिता रहेको थियो । 

उद्योग तथा व्यवसायमैत्री वातावरण निर्माण, औद्योगिक सुरक्षा, करसम्बन्धी विषय तथा निजी क्षेत्रले भोग्दै आएका समस्याको समाधानका लागि आगामी दिनमा समेत सहकार्य र समन्वयलाई निरन्तरता दिने विषयमा छलफल भएको थियो ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content