बीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मा रहेको साउथ जोन माध्यमिक विद्यालय परिवार समाजिक अभियानमा बाढीपीडितका लागि १ लाख ५५ हजार ५०० सय ५५ रुपैयाँ सहयोग गरेको छ।विद्यालयका अभिभावकहरु तथा विद्यार्थीहरुबाट स्वतःस्फूर्त रूपमा संकलित ४६ हजार १८२ रुपैयाँ, शिक्षकहरु शिक्षिकाहरू तथा कर्मचारीहरुले आफ्नो एक दिनको तलब बराबर स्वेच्छिक रूपमा प्रदान गरेको ५७ हजार ८१६ रुपैयाँ तथा विद्यालयको तर्फबाट प्रदान गरिएको ५१ हजार ५५५ रुपैयाँ गरी कुल १ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग रकम जुटाइएको हो। विद्यालयका प्रिन्सिपल सरोज प्रसाद चौधरीले बताए अनुसार बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहतका लागि मानवीय भावनासहित शिक्षकहरु शिक्षिकाहरू कर्मचारीहरु, विद्यार्थीहरु, अभिभावक तथा विद्यालय परिवार स्वयंले योगदान गरेको बताए । शिक्षकहरु तथा कर्मचारीहरुले आफ्नो एक दिन बराबरको तलब स्वतःस्फूर्त रूपमा सहयोग गरेका थिए भने विद्यार्थीहरु तथा अभिभावकहरुबाट पनि स्वेच्छिक रूपमा सहयोग रकम संकलन गरिएको हो।
विद्यालयको तर्फबाट प्रदान गरिएको ५१ हजार ५५५ रुपैयाँसहित संकलित सम्पूर्ण रकम प्याब्सन पर्साको खातामा जम्मा गरिएको विद्यालयका सहायक प्रिन्सिपल अशोक संग्रौलाले बताएका छन् ।
संग्रौलाका अनुसार प्याब्सन पर्साले सदस्य विद्यालयहरूबाट यसरी संकलित रकम प्याब्सन केन्द्रको कोषमा जम्मा गर्नेछ। प्याब्सन केन्द्रले देशभरका सदस्य विद्यालय तथा विभिन्न स्रोतबाट संकलित सहयोग रकमलाई एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने तयारी रहेको प्रिन्सिपल सरोजप्रसाद चौधरीले बताएका छन्। 
प्रिन्सिपल चौधरीले विपद्को समयमा मानवीय भावना देखाउँदै सहयोग हुने सम्पूर्ण अभिभावकहरु, विद्यार्थीहरु, शिक्षक शिक्षिकाहरू एवं कर्मचारी सबैलाई धन्यवाद व्यक्त गरेका छन् । प्रिन्सिपल चौधरीले भने यस दुःखमा परेका नागरिकलाई सहयोग गर्नु सबैको साझा मानवीय धर्म र दायित्व भएको बताए उनले भने दुःख र संकटका समयमा एक–अर्काको साथमा उभिएर हातेमालो गर्दै अघि बढ्नुपर्ने सन्देश साउथजोन माध्यमिक विद्यालय पनि सहभागी भएर जनाएको प्रिन्सिपल चौधरीको भनाइ रहेको छ।

COMMENTS