सामाजिक क्षेत्रमा क्रियाशील रोटरी व्यापार मेला प्रदर्शनी ४४ वटा स्टलहरू वीरगञ्जमा ‘Rotary Trade Fair’ सुरु, सामाजिक सेवा परियोजनाका लागि स्थानीय होटल दियालोमा रोटरी व्यापार मेलाको प्रदर्शनी गरेको छ
रोटरी क्लब अफ वीरगञ्जको आयोजनामा समुदाय तथा सामाजिक सेवा परियोजनाका लागि सहयोग जुटाउने उद्देश्यले वीरगञ्जस्थित होटल सिद्धार्थ डियालोमा ‘Rotary Trade Fair’ भएको छ।
रोटरी व्यापार मेलाको उद्घाटन उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले गरेका हुन्। कार्यक्रमको उद्घाटन समारोहमा संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल तथा विभिन्न व्यापारी तथा उद्योगीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता रोटरी क्लब अफ वीरगञ्जका अध्यक्ष राकेश मिश्रले गरेका थिए। अध्यक्ष निश्राको भनाई अनुसार अहिले मुख्य सडकमा रहेका व्यापारीहरूको व्यापार नाजुक भएकोले यसलाई सहज रुपमा व्यवसायी एक दिन भएपनि गरेर दशैंका लागि किनमेल गर्ने वातावरण आफूहरूले तयारी गरेको बताएका छन्! यो विशुद्ध समाजिक कार्यका लागि रोटरी व्यापार मेला प्रदर्शनी आयोजना गरिएको उनले बताएका हुन्। यो रोटरी व्यापार मेलाको प्रदर्शनीमा ४४ वटा विभिन्न किसिमका स्टलहरू राखिएको अध्यक्ष मिश्राको भनाइ रहेको छ कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरूको समेत सहभागिता रहेको थियो।
ट्रेड फेयरमा विभिन्न प्रकारका खाद्य परिकार, खेलकुद, कृत्रिम आभूषण, कपडालगायतका सामग्रीका आकर्षक स्टलहरू राखिएका छन्। मेलामा सहभागीहरूले विभिन्न सामग्री तथा सेवाको अवलोकन तथा खरिदसँगै मनोरञ्जनात्मक गतिविधिमा समेत सहभागी हुन सक्ने आयोजकले जनाएको छ।
आयोजकका अनुसार ट्रेड फेयरबाट प्राप्त हुने आम्दानी रोटरी क्लब अफ वीरगञ्जले सञ्चालन गर्ने विभिन्न सामुदायिक तथा सामाजिक सेवा परियोजनामा उपयोग गरिनेछ। सामाजिक क्षेत्रमा क्लबले गर्दै आएका गतिविधिलाई थप प्रभावकारी बनाउन मेलाबाट संकलित रकम उपयोग गरिने बताइएको छ।
ट्रेड फेयर बिहान ११ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। यस्तै, मेलामा साँझ ५ बजेदेखि कुल श्रेष्ठ कमलको विशेष सांगीतिक प्रस्तुति समेत रहने बताइएको छ।
कार्यक्रममा रोट्रयाक्ट क्लब अफ वीरगञ्ज, रोट्रयाक्ट क्लब अफ शंकराचार्य, इन्टरयाक्ट क्लब अफ ज्ञानदा एकेडेमी तथा इन्टरयाक्ट क्लब अफ कादम्बरी एकेडेमीको समेत सक्रिय सहभागिता रहेको छ!

COMMENTS