विश्वकर्मा पूजाको अवसरमा अवलोकन गढीमाई डेरीले स्वादिष्ट आइसक्रिमहरू उत्पादन गर्दै
वीरगञ्ज । विश्वकर्मा पूजाको अवसरमा बीरगञ्ज महानगरपालिका वडा नम्बर २४ रामगढुवामा रहेको गढीमाई डेरी तथा Be Natural Ice Cream मा रहेका विभिन्न मेसिनरी तथा उत्पादन प्रक्रियाको अवलोकन तथा निरीक्षण गरिएको छ।
विश्वकर्मा पूजाको अवसर पारेर डेरीमा दूध, दही, पनिर, आइसक्रिमलगायतका खाद्य सामग्री उत्पादन गर्न प्रयोग हुने विभिन्न मेसिनरीहरूको अवलोकन गरिएको हो। डेरीमा आइसक्रिमसहित करिब २५ देखि ४० प्रकारका विभिन्न उत्पादन तयार हुँदै आएका छन्।
अवलोकनका क्रममा डेरीमा प्रयोग हुने मेसिनरी, उत्पादन प्रक्रिया तथा खाद्य सामग्रीको गुणस्तरका विषयमा जानकारी लिइएको थियो। आधुनिक प्रविधिको प्रयोग गरी उत्पादनलाई व्यवस्थित र गुणस्तरीय बनाउनेतर्फ डेरीले ध्यान दिँदै आएको बताइएको छ।
गढीमाई डेरीले उत्पादन गर्दै आएका दूध, दही, पनिर तथा विभिन्न स्वादका आइसक्रिमलगायतका खाद्य सामग्री स्वादिष्ट र गुणस्तरीय भएकाले पछिल्लो समय बजारमा यसको माग तथा खपत बढ्दै गएको बताइएको छ। खाद्य तथा गुण नियन्त्रण कार्यालयको मापदण्ड अनुसार आइसक्रिम दुध दही पनिर तथा अन्य खाद्यान्नहरू उत्पादन गर्दै आइरहेको छ।
स्थानीय बजारमा गुणस्तरीय दुग्धजन्य तथा खाद्य सामग्री उपलब्ध गराउँदै आएको डेरीले आगामी दिनमा समेत उत्पादनको गुणस्तर कायम राख्दै नयाँ–नयाँ उत्पादन बजारमा ल्याउने लक्ष्य राखेको जनाएको छ।
विश्वकर्मा पूजा उद्योग तथा कलकारखानामा प्रयोग हुने मेसिनरी र उपकरणको पूजा–आराधना गर्ने पर्वका रूपमा मनाइँदै आएको छ। सोही अवसरमा गढीमाई डेरीमा रहेका उत्पादन तथा मेसिनरीको निरीक्षण गरिएको हो। अहिले बजारमा निकै माग बढीरहेकोमा सञ्चालक बताउँछन् आफूलाई उपभोक्ताहरूले आफूले उत्पादन गरेको उपभोग्य वस्तुहरू माथि विश्वास गरेकोमा धन्यवाद दिनुका साथै आगामी दिनहरुमा पनि आफूले उपभोक्ताको स्वास्थ्यसँग कुनै पनि किसिमको खेलवाड नगर्ने बताउँदै यसलाई गुणस्तरमा कुनै पनि कमी हुन नदिने प्रतिबद्धता समेत जनाएका छन्।


COMMENTS