समाजिक अभियानमा बाढीपीडितका लागि लायन्स क्लब अफ वीरगञ्ज नवदीप एकेडेमीद्वारा राहत रकम हस्तान्तरण वीरगञ्ज । रसुवामा बाढी तथा विपद्बाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि लायन्स क्लब अफ वीरगञ्ज नवदीप एकेडेमीले संकलन गरेको राहत रकम आज एक समारोह बिच हस्तान्तरण गरेको छ।क्लबले संकलन गरेको राहत रकम एरिया चिफ लायन सुनील गुप्ता तथा डिस्ट्रिक्ट गभर्नर लायन रामबिहारी पाण्डेयलाई उक्त रकम हस्तान्तरण गरिएको नवदिप एकेडेमी बोर्डिङ स्कुलका प्रिन्सिपल एवं क्लबकी चार्टर प्रेसिडेन्ट तथा जोन चेयरपर्सन लायन सुशीला साहले जानकारी दिनुभएको छ। विपद्को समयमा प्रभावित परिवारलाई आवश्यक सहयोग पुर्याउने उद्देश्यले क्लबले राहत संकलन अभियान सञ्चालन गरेको प्रिन्सिपल शाहले बताएकी हुन् ।
राहत रकम हस्तान्तरण कार्यक्रममा क्लबकी चार्टर प्रेसिडेन्ट तथा जोन चेयरपर्सन लायन सुशीला साहले राहत संकलन तथा कार्यक्रमका सम्बन्धमा जानकारी गराउनुभएको हो। उहाँले विपद्का बेला पीडित परिवारलाई सहयोग गर्नु सामाजिक दायित्वसँगै मानवीय कर्तव्यसमेत भएको बताएकी हुन।कार्यक्रममा बाढीपीडितहरूको पीडामा मलम लगाउने उद्देश्यले क्लबले आफ्नो तर्फबाट सक्दो सहयोग जुटाएको र आगामी दिनमा पनि आवश्यक सहयोग तथा मानवीय सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
विपद्को यस घडीमा राहत संकलन तथा सहयोग अभियानमा साथ दिने सम्पूर्ण सहयोगी मनहरूलाई क्लबले हार्दिक धन्यवाद व्यक्त गदै सामाजिक सेवा, सहयोग, सहकार्य र मानवताको भावनालाई अझ बलियो बनाउँदै विपद्मा परेका नागरिकलाई सहयोग गर्न सबैलाई आह्वान समेत गर्नु भएको छ।
राहत रकम हस्तान्तरणको दृश्यले सामाजिक सेवाप्रतिको प्रतिबद्धता र विपद्मा एकजुट भएर सहयोग गर्ने मानवीय भावनालाई थप उजागर गरेको उनले बताइन् । यस्तो विपतको घडीमा सबै संघसंस्था एवं सहयोगी मनकारीहरू एक भएर लाग्न समेत सुझाव दिनुभएको छ।

COMMENTS