$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

वीरगंजमा अबदेखि वडा कार्यालयबाटै मालपोत कर संकलन गरिने

 वीरगंजमा अबदेखि वडा कार्यालयबाटै मालपोत कर संकलन गरिने नगरवासीको घरदैलोमै सेवा पुर्‍याउँदै मेयर सिंह, अबदेखि वडा कार्यालयबाटै मालपोत कर संक...


 वीरगंजमा अबदेखि वडा कार्यालयबाटै मालपोत कर संकलन गरिने

नगरवासीको घरदैलोमै सेवा पुर्‍याउँदै मेयर सिंह, अबदेखि वडा कार्यालयबाटै मालपोत कर संकलन

वीरगंज, ९ असोज -

वीरगंज महानगरपालिकाले नगरवासीलाई कर तिर्न सहज हुने गरी अब सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर संकलन गर्ने व्यवस्था लागू गरेको छ।

महानगरपालिकाले जारी गरेको सूचनाअनुसार २०८३ असोज १२ गतेदेखि महानगरपालिकाका सबै वडा कार्यालयबाट अनिवार्य रूपमा मालपोत कर संकलन गरिने व्यवस्था मिलाइएको छ ।

नगरवासीलाई घरदैलो नजिकैबाट सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने महानगरपालिकाको नीति अनुसार वडा कार्यालयबाटै मालपोत कर संकलनको व्यवस्था गरिएको हो। यससँगै मालपोत कर बुझाउन महानगरपालिकाको कार्यालय धाउनुपर्ने बाध्यता हट्ने भएको छ।

महानगर प्रमुख राजेशमान सिंहले नगरवासीलाई सेवा लिन अनावश्यक झन्झट नहोस् र आफ्नै वडा कार्यालयबाट सहज रूपमा सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले वडा तहबाटै मालपोत कर संकलनको व्यवस्था गरिएको बताउनुभयो।

उनले महानगरपालिकाबाट प्रवाह हुने सेवाहरूलाई सकेसम्म नगरवासीको घरदैलो नजिक पुर्‍याउने र सेवा लिनका लागि हुने समय तथा खर्चको बचत गराउनेतर्फ महानगरपालिका निरन्तर अघि बढिरहेको बताउनुभयो ।

अब नगरवासीले आफ्नै वडा कार्यालयबाट मालपोत कर बुझाउन सक्नेछन्। कर संकलनका लागि आवश्यक व्यवस्था मिलाउन महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराले सबै वडा कार्यालयलाई निर्देशन दिनुभएको छ ।

प्रमुख प्रशासकीय अधिकृत बोहराले जारी गरेको सूचनामार्फत नगरवासीलाई सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर बुझाउनसमेत आग्रह गरिएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content