$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

समाजिक उत्तरदायित्व बहन गर्दै प्याब्सन पर्साद्वारा १५ लाख बाढीपीडितहरुलाई आर्थिक सहयोग

 समाजिक उत्तरदायित्व बहन गर्दै  प्याब्सन पर्साद्वारा १५ लाख बाढीपीडितहरुलाई आर्थिक सहयोग  वीरगञ्ज । समाजिक उत्तरदायित्व बहन गर्दै निजी तथा आ...

 समाजिक उत्तरदायित्व बहन गर्दै  प्याब्सन पर्साद्वारा १५ लाख बाढीपीडितहरुलाई आर्थिक सहयोग 

वीरगञ्ज । समाजिक उत्तरदायित्व बहन गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साले बाढीपीडितहरूको  राहत तथा पुनःस्थापनाका लागि पहिलो चरणमा १५ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको प्याप्सन पर्साका जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरीले जानकारी दिनुभएको छ।

प्याब्सन पर्साले सामाजिक उत्तरदायित्वअन्तर्गत  निजि विद्यालयहरू बाट संकलन गरेको उक्त रकमको चेक प्याब्सन मधेस प्रदेशका अध्यक्ष गणेश साहलाई आज एक समारोहको बीच हस्तान्तरण गरिएको हो।

चेक हस्तान्तरण कार्यक्रममा प्याब्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोजप्रसाद चौधरी देशमा संकट पर्दा आफूहरू पनि त्यो घडीमा उपस्थित भएर सरकारलाई सहयोग गर्न हामी अग्रसर रहेको बताएका छन्।  प्याप्सन पर्साका  वरिष्ठ उपाध्यक्ष सुशीला शाह, सचिव अशोक संग्रौला, प्याब्सन प्राज्ञिक केन्द्रीय सदस्य डा. हरिशंकर शाह, प्याब्सन मधेस प्रदेशका उपाध्यक्ष इमामुद्दिन अहमद, प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले , सचिव अमित आलोक, सदस्य विजय बल, पूर्व सचिव सन्नी पाख्रिन तथा डीएभी  स्कुलका प्रिन्सिपल राकेश मिश्रा तथा विभिन्न विद्यालयका प्रिन्सिपल तथा शिक्षक शिक्षिका एवं विद्यार्थीहरू सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्याब्सन पर्साका पदाधिकारी तथा सदस्यहरूले विपद्का बेला पीडित परिवारहरुलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको बताएका थिए। बाढीका कारण धनजन तथा  मानवीय क्षेति प्रभावित भएका परिवारहरुलाई राहत उपलब्ध  होस् भन्ने  उदेश्यले सहयोग  गरिएको प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले बताएका हुन्।

प्याब्सन पर्साले शिक्षा क्षेत्रमा आफ्नो जिम्मेवारी निर्वाह गर्नुका साथै प्राकृतिक विपद् तथा मानवीय संकटका समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको प्याप्सन महानगर सचिव  अमित आलोकले बताए। पहिलो चरणमा हस्तान्तरण गरिएको १५ लाख रुपैयाँले बाढीपीडितलाई राहत पुग्ने विश्वास व्यक्त गरिएको छ। प्याप्सनसँग आबद्ध भएका  ७७ जिल्लाबाट आर्थिक सङ्कलन गरी केन्द्रीय प्याप्सनले प्रधानमन्त्री राहत कोषमा एकमुष्ट रकम जम्मा गर्ने तयारी प्याप्सनले गरिरहेको जिल्ला कार्यसमिति पर्साका सचिव अशोक संग्रौलाले बताएका छन्।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content