लिटिल एन्जल्स स्कुलमा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम गरि भव्य रूपमा सम्पन्न विद्यार्थीहरूले विभिन्न नृत्यहरू प्रस्तुति गरे! बीरगंज महानगरपालिका वडा नम्बर –२४ ज्योतिनगरमा रहेको Little Angels’ School,का विद्यार्थीहरुले श्रीकृष्ण जन्माष्टमीको अवसरमा विशेष कार्यक्रमको आयोजना गरि भव्य रूपमा मनाएको छ।
विद्यालयमा आयोजित ‘श्रीकृष्ण जन्माष्टमी उत्सव’ मा विद्यार्थीहरूले भगवान् श्रीकृष्ण तथा राधाको आकर्षक भेषभूषामा सजिएर विभिन्न नृत्यहरू प्रस्तुति गरेको प्रिन्सिपल सन्नी पाख्रिङले जानकारी दिनुभएको छ। विद्यालयका साना–साना विद्यार्थीहरूले कृष्ण र राधाको रूप धारण गरेर कार्यक्रममा प्रस्तुत हुँदा विद्यालय परिसर उल्लासमय बनेको थियो।
कार्यक्रममा विद्यार्थीहरूले श्रीकृष्णसँग सम्बन्धित विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति समेत प्रस्तुत गरेको प्रिन्सिपल पाख्रिङले बताएका थिए। विद्यार्थीहरूको उत्साह, सिर्जनशीलता र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा शिक्षक–शिक्षिकाहरुको समेत सक्रिय सहभागिता रहेको थियो।जन्माष्टमीका अवसरमा विद्यालयले विद्यार्थीहरूलाई नेपाली मौलिक संस्कृति, धार्मिक तथा सांस्कृतिक पर्वहरूको महत्वबारे जानकारी गराउँने र परम्परा संस्कृतिप्रति सम्मान गर्ने भावना विकास होस् भन्ने अवधारणाले विद्यार्थीहरूलाई यस्ता कार्यक्रमको आयोजना गरिएको प्रिन्सिपल पाख्रिङको भनाइ रहेको छ। 
कार्यक्रममा विद्यार्थीहरूको सहभागिता र प्रस्तुति प्रशंसनीय रहेको विद्यालयले जनाएको छ। उत्सवले विद्यार्थीहरूमा आपसी सद्भाव, सहकार्य र सांस्कृतिक चेतनाको विकास गर्न सहयोग पुग्ने विद्यालयले विश्वास लिएको प्रिन्सिपल पाख्रिङले बताएका छन्।


COMMENTS