$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

माईस्थान युवा क्लबद्वारा आयोजित आठौँ गणेश पूजा महोत्सवको उद्घाटन सांसद कानुले गरे।

 माईस्थान युवा क्लबद्वारा आयोजित आठौँ गणेश पूजा महोत्सवको उद्घाटन सांसद कानुले गरे।  गहवामाई मन्दिर अगाडी  माईस्थान युवा क्लबले यस वर्ष पनि ...


 माईस्थान युवा क्लबद्वारा आयोजित आठौँ गणेश पूजा महोत्सवको उद्घाटन सांसद कानुले गरे। 

गहवामाई मन्दिर अगाडी  माईस्थान युवा क्लबले यस वर्ष पनि आठौँ गणेश पूजा महोत्सव भव्य रूपमा आयोजना गरेको छ! पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील साह कानुले उक्त आठौ गणेश पूजा महोत्सवको उद्घाटन समारोहमा हिन्दुहरूको महत्वपूर्ण संस्कृतिमध्ये यो पनि एक रहेको बताएका हुन् वीरगञ्जको ऐतिहासिक धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको माईस्थान युवा क्लबले यस वर्ष पनि आठौँ गणेश पूजा महोत्सव भव्य रूपमा आयोजना गरेको छ। माईस्थान मन्दिर अगाडिको पार्कमा आयोजित महोत्सवको सोमबार पर्सा क्षेत्र नम्बर २ का सांसद  कानुले उद्घाटन विधिवत् रूपमा गणेश पूजाको शुभारम्भ गरिएको हो।

महोत्सव चार दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित सञ्चालन हुने आयोजकले जनाएको छ। महोत्सवका क्रममा भक्तिमय संगीतमय भजनसन्ध्या, महाआरती तथा विभिन्न देवी–देवताका कलात्मक एवं दिव्य झाँकी मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिनेछ। दैनिक साँझ ७ बजेदेखि विशेष दिव्य झाँकी तथा धार्मिक सांस्कृतिक कार्यक्रम सञ्चालन हुने क्लबका पूर्वअध्यक्ष राहुल रौनियारले जानकारी दिनुभयो।

पूर्वअध्यक्ष रौनियारका अनुसार यस वर्षको गणेशोत्सवमा १५१ किलोको लड्डु तयारी गरिएको बताएका छन्। महोत्सवलाई आकर्षक, संगीतमय तथा ऐतिहासिक बनाउन धार्मिक आस्था, संस्कृति र परम्परालाई संरक्षण गर्दै वीरगञ्जवासीलाई एकै स्थानमा भेला गराई भक्ति र श्रद्धाको वातावरण निर्माण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको रौनियारले बताएका हून ।

उहाँले गणेश पूजा महोत्सवमा वीरगञ्ज तथा आसपासका क्षेत्रका श्रद्धालु भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको बताउँदै सम्पूर्ण वीरगञ्जवासीलाई महोत्सवमा सहभागी हुन आग्रह गर्नुभयो। चार दिनसम्म विभिन्न धार्मिक कार्यक्रम सञ्चालन भएपछि पाँचौँ दिन विशेष कार्यक्रमसहित महोत्सवको समापन गरिनेछ। समापनका अवसरमा विशेष रूपमा तयार पारिएको लड्डुको भोग प्रसाद आम सर्वसाधारण तथा भक्तजनलाई वितरण गरिने आयोजकले जनाएको छ।

महोत्सवलाई आध्यात्मिक तथा शास्त्रीय विधिअनुसार  धार्मिक मार्गदर्शन तथा आचार्यको ‘ज्योतिष सम्राट’ डा. पुरुषोत्तम दुबेले  पण्डितको जिम्मेवारी पाउनु भएको छ।

महोत्सवमा महाआरती, संगीतमय भजनसन्ध्या, धार्मिक अनुष्ठान तथा विभिन्न देवी–देवताका विशेष दिव्य झाँकी प्रस्तुत गरिने भएकाले भक्तजनका लागि विशेष आकर्षण रहने अपेक्षा गरिएको छ। गणेश भगवान्प्रति श्रद्धा, भक्ति र आस्था प्रकट गर्दै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिने उद्देश्यले आयोजना गरिएको महोत्सवले वीरगञ्जको धार्मिक एवं सांस्कृतिक पहिचानलाई थप उजागर गर्ने विश्वास माईस्थान युवा क्लबका अध्यक्ष  सागर सर्राफले  बताएका छन् महोत्सवको उद्घाटन समारोहमा ,उपाध्यक्ष शुभम पटेल, कोषाध्यक्ष लखन गुप्ता, सचिव सुभाष गुप्ता लगायतको उपस्थिति रहेको थियो

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content