$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

शुक्रबार पठनपाठन बन्द, वर्षा विपद्को जोखिमलाई ध्यानमा राख्दै वीरगंज बीरगञ्ज महानगरपालिकाद्वारा विद्यालय बन्द

 शुक्रबार पठनपाठन बन्द, वर्षा  विपद्को जोखिमलाई  ध्यानमा राख्दै वीरगंज बीरगञ्ज महानगरपालिकाद्वारा विद्यालय बन्द  वीरगंज, ८ असोजः  वीरगंज महा...


 शुक्रबार पठनपाठन बन्द, वर्षा  विपद्को जोखिमलाई  ध्यानमा राख्दै वीरगंज बीरगञ्ज महानगरपालिकाद्वारा विद्यालय बन्द 

वीरगंज, ८ असोजः

 वीरगंज महानगरपालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा भोलि असोज ९ गते पठनपाठन बन्द गरिने भएको छ।

वीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले बिहीबार सूचना जारी गर्दै प्रतिकूल मौसम तथा वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै एक दिनका लागि विद्यालयमा पठनपाठन बन्द गर्ने जनाएको हो।

शिक्षा तथा खेलकुद मन्त्रालयबाट प्राप्त पत्रअनुसार नेपालका विभिन्न स्थानमा भारी वर्षा, हावाहुरी तथा चट्याङको सम्भावना रहेकाले विद्यार्थी तथा विद्यालय समुदायको सुरक्षालाई प्राथमिकतामा राख्दै पठनपाठन बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ। वीरगंजमा समेत वर्षाको सम्भावना रहेकाले सम्भावित जोखिमबाट जोगिन सावधानी अपनाउन महानगरपालिकाले आग्रह गरेको छ।

महानगर प्रमुख राजेशमान सिंहले वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै विद्यार्थी, अभिभावक तथा सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। उहाँले अनावश्यक रूपमा जोखिमयुक्त स्थानमा नजान र मौसमको अवस्थाबारे जानकारी लिएर सुरक्षित रहन आग्रह गर्नुभएको हो।

महानगरपालिकाले विपद्को अवस्था सिर्जना भएमा विद्यालयका भवनहरुलाई सुरक्षित रूपमा आश्रयस्थलका रुपमा प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राख्नसमेत विद्यालय प्रशासनलाई निर्देशन दिएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content