$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

रसुवा बाढीपीडितहरुका लागि श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिको २ लाख ११ हजार सांसद कानु मार्फत सहयोग

  रसुवा बाढीपीडितहरुका लागि श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिको २ लाख ११ हजार सांसद कानु मार्फत सहयोग  वीरगञ्ज । श्री गहवा माई तीर्थ क...

 




रसुवा बाढीपीडितहरुका लागि श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिको २ लाख ११ हजार सांसद कानु मार्फत सहयोग 

वीरगञ्ज । श्री गहवा माई तीर्थ क्षेत्र विकास समिति, पर्सा वीरगञ्जले रसुवा जिल्लाका बाढीपीडितहरुका लागि आर्थिक सहयोग गरेको छ।

समितिले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित रसुवाका नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले रु. २ लाख ११ हजार बराबरको चेक प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको हो।

समितिका अध्यक्ष श्याम पोखरेलले उक्त सहयोग रकमको चेक सांसद सुशील साह कानुमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी बुझाइएको जानकारी दिनुभयो।

प्राकृतिक विपद्का कारण प्रभावित परिवारलाई राहत उपलब्ध गराउने सामाजिक अभियानअन्तर्गत समितिले आफ्नो तर्फबाट सहयोग गरेको अध्यक्ष पोखरेलले बताउनुभयो। उहाँले विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सांसद सुशील साह कानुले गहवा माई तीर्थ क्षेत्र विकास समितिले रसुवा बाढीपीडितका लागि गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै संकलित रकम पीडितको राहतमा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।

समितिको यो सहयोगले विपद्को समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वप्रतिको जिमेवारी आफुहरुले पनि केहि राहत होस् भन्ने  प्रतिबद्धता जनाइएको अध्यक्ष पोखरेलले बताएका छन्। चेक हस्तान्तरण कार्यक्रममा  उपाध्यक्ष देवनन्द कलवार सचिव लक्ष्मी नारायण गुप्ता। कोषाध्यक्ष रविशंकर अग्रवाल सदस्यहरू अनुप कुमार अग्रवाल सीताराम उपाध्याय  लगायतको सहभागिता रहेको थियो।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content