$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

चार वर्षदेखि अवरुद्ध वीरगंजका तीन वडाको पानी निकास खुलाइयो

चार वर्षदेखि अवरुद्ध वीरगंजका तीन वडाको पानी निकास खुलाइयो  वीरगंज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ मा विगत चार वर्षदेखि अवरुद्ध रहेको प...


चार वर्षदेखि अवरुद्ध वीरगंजका तीन वडाको पानी निकास खुलाइयो 

वीरगंज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ मा विगत चार वर्षदेखि अवरुद्ध रहेको पानी निकास खुलाइएको छ। महानगर प्रमुख राजेशमान सिंहको पटक–पटकको पहलपछि महानगरपालिकाले डोजर प्रयोग गरी नाला निर्माण तथा सफाइ गरेर पानीको निकास खुलाएको हो।

पानीको सहज निकास नहुँदा वर्षायाममा वडा नम्बर १७, २५ र २६ को सुगौली, अलौलगायत आसपासका बस्ती तथा ठूलो क्षेत्र डुबानमा पर्दै आएको थियो। लामो समयसम्म पानी जमिरहँदा स्थानीयलाई आवतजावतमा समस्या हुनुका साथै खेतीपातीसमेत प्रभावित हुँदै आएको थियो।

त्यसैगरी, बस्ती तथा आसपासका क्षेत्रमा लामो समय पानी जम्दा लामखुट्टेको प्रकोप बढ्ने, दुर्गन्ध फैलिने तथा स्वास्थ्यसम्बन्धी समस्या निम्तिने गरेको स्थानीयको गुनासो थियो। पानी जमेकै कारण दैनिक जनजीवन प्रभावित हुनुका साथै खेतीयोग्य जमिनसमेत उपयोग गर्न कठिन हुने गरेको थियो।

लामो समयदेखि अवरुद्ध पानी निकास खुलाउन थालिएपछि सुगौली, अलौलगायत आसपासका क्षेत्रका स्थानीयवासीले वर्षायाममा हुने जलजमावको समस्या कम हुने अपेक्षा गरेका छन्।

महानगरपालिकाका अनुसार अवरुद्ध पानी निकासलाई पूर्ण रूपमा खुलाएर पानीको सहज निकास गराउने काम भएको छ । 

पानीको नियमित निकास भएपछि बस्ती तथा खेतीयोग्य जमिनमा हुने डुबानसँगै जलजमावका कारण उत्पन्न हुने लामखुट्टे तथा अन्य समस्यासमेत न्यूनीकरण हुने अपेक्षा स्थानीयले लिएका छन् ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content