$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

गोल्डेन फ्युचर माध्यमिक विद्यालयमा तीनवटा क्लब गठन विद्यार्थीहरूलाई किताब विज्ञानभन्दा व्यवहारिक ज्ञानको आवश्यकता डा. चौरसिया

 गोल्डेन फ्युचर माध्यमिक विद्यालयमा तीनवटा क्लब गठन विद्यार्थीहरूलाई किताब विज्ञानभन्दा व्यवहारिक ज्ञानको आवश्यकता  डा. चौरसिया वीरगञ्ज । बी...

 गोल्डेन फ्युचर माध्यमिक विद्यालयमा तीनवटा क्लब गठन विद्यार्थीहरूलाई किताब विज्ञानभन्दा व्यवहारिक ज्ञानको आवश्यकता  डा. चौरसिया

वीरगञ्ज । बीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा  रहेको  गोल्डेन फ्युचर माध्यमिक विद्यालयमा विद्यार्थीहरूको नेतृत्व क्षमता, वैज्ञानिक सोच, डिजिटल ज्ञान तथा खेलकुद प्रतिभाको विकास गर्ने उद्देश्यले तीनवटा विद्यार्थी क्लब गठन गरिएको छ। गोल्डेन फ्युचर  माध्यमिक  ब्विद्यालयका प्रिन्सिपल उमेश शाहको सभापतित्व  तथा पुर्ब संविधानसभा सदस्य इस्लाम हावारीको प्रमुख अतिथिमा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा गोल्डेन फ्युचर माध्यमिक विद्यालयका सञ्चालक डाक्टर उमेश चौरसियाले विद्यार्थीहरूको अध्ययन सँगसँगै अब व्यवहारिक शिक्षाको अति आवश्यक रहेकोले आफूहरुले यस विद्यालयमा तीनवटा विद्यार्थीहरूको हक हितका लागि क्लब गठन गरेको धारणा राख्नुभएको थियो। विद्यार्थीहरू लाई अगाडि बढाउन अब किताब विज्ञान  मात्र नभई अतिरिक्त क्रियाकलापको पनि उत्तिकै महत्वपूर्ण रहने भएकोले विद्यालयले यस्ता अतिरिक्त क्रिया क्लबहरू गठन गरेको धारणा राख्नुभएको हो। 

विद्यालयमा फ्युचर लिडरशिप क्लब (Future Leadership Club), साइन्स इन्नोभेसन डिजिटल क्लब (Science Innovation Digital Club) र स्पोर्ट्स क्लब (Sports Club) गठन गरिएको हो।

विद्यार्थीहरूमा नेतृत्व गर्ने क्षमता विकास गर्नुका साथै विज्ञान तथा प्रविधिप्रति रुचि बढाउने, नयाँ–नयाँ सिर्जनात्मक सोच र आविष्कारलाई प्रोत्साहन गर्ने तथा खेलकुदमार्फत शारीरिक र मानसिक विकास गर्ने उद्देश्यले क्लबहरू गठन गरिएको विद्यालयले जनाएको छ।

फ्युचर लिडरशिप क्लब मार्फत विद्यार्थीमा नेतृत्व, जिम्मेवारी, अनुशासन र निर्णय क्षमता विकास गर्ने कार्यक्रम सञ्चालन गरिनेछ। त्यसैगरी साइन्स इन्नोभेसन डिजिटल क्लब ले विज्ञान, प्रविधि, डिजिटल सीप तथा सिर्जनात्मक गतिविधिमा विद्यार्थीलाई सहभागी गराउनेछ।

यस्तै, स्पोर्ट्स क्लब मार्फत विभिन्न खेलकुद गतिविधि, प्रतियोगिता तथा प्रशिक्षण सञ्चालन गरी विद्यार्थीको खेल प्रतिभा पहिचान र विकासमा जोड दिइने विद्यालयले जनाएको छ।

तीनवटै क्लबले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ। क्लब गठनसँगै विद्यार्थीहरूलाई आफ्नो रुचि र क्षमताअनुसार विभिन्न गतिविधिमा सक्रिय सहभागिता जनाउने अवसरसमेत प्राप्त हुने भएको छ। कार्यक्रममा एभरेस्ट पब्लिक स्कुलका प्रिन्सिपल  नितु चौरसिया लगायतले शुभकामना दिनुभएको थियो। कार्यक्रममा शिक्षक शिक्षिका विद्यार्थी एवं सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण शिक्षक कविराजले गर्नुभएको थियो

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content