नेपाल अर्बुद रोग निवारण संस्थाको ४४औँ स्थापना दिवसको अवसरमा कञ्चनजंघा स्कुलमा जनचेतनामुलक कार्यक्रम सम्पन्न
नेपाल अर्बुद रोग निवारण संस्था पर्सा बीरगंजको आयोजनामा ४४औँ स्थापना दिवसको अवसरमा क्यान्सर रोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम कञ्चनजंघा इङ्लिस boarding स्कुलमा सम्पन्न भएको छ।
नेपाल अर्बुद रोग निवारण संस्था पर्साकी सभापति उषा शाहको सभापतित्व तथा नेपाल क्षयरोग निवारण संस्था पर्साका सभापति एवं केन्द्रीय सदस्य प्रमोद कुमार पौडेल को प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो कञ्चनजंघा इङ्लिस boarding स्कुलका प्रिन्सिपल तथा नेपाल क्षयरोग निवारण संस्था पर्साका सदस्य बसन्त बुढाथोकीको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।
संस्थाका सदस्य तथा कोषाध्यक्ष उमेश कुमार गुप्ताले कार्यक्रमको संयोजन तथा सहजीकरण गरेका थिए।
कार्यक्रममा विद्यार्थी तथा सहभागीहरूलाई क्यान्सर रोगका कारण, जोखिम न्यूनीकरण, रोकथाम, समयमै पहिचान तथा स्वस्थ जीवनशैलीका विषयमा जानकारी दिइएको थियो। क्यान्सर रोगको उपचारभन्दा रोकथाम र समयमै पहिचान महत्वपूर्ण रहेकोमा जोड दिँदै जनचेतना नै स्वस्थ समाज निर्माणको आधार भएको बताइएको थियो। कार्यक्रममा क्यान्सर जस्तो जगन्य रोगलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा विद्यार्थीहरूलाई जानकारी गराइएको थियो।

COMMENTS