$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

एसआर ग्यालेक्सी एकेडेमी प्लस टु कलेजमा कक्षा ११ का विद्यार्थीहरुलाई भब्य स्वागत

एसआर ग्यालेक्सी एकेडेमी प्लस टु कलेजमा कक्षा ११ का विद्यार्थीहरुलाई भब्य स्वागत वीरगञ्ज । बीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई रहेको एस...

एसआर ग्यालेक्सी एकेडेमी प्लस टु कलेजमा कक्षा ११ का विद्यार्थीहरुलाई भब्य स्वागत

वीरगञ्ज । बीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई रहेको एसआर ग्यालेक्सी एकेडेमी प्लस टु कलेजमा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको स्वागत कार्यक्रम आज एक समारोहबीच सम्पन्न भएको छ।

कलेजका प्रिन्सिपल शर्मानन्द कुशवाहाको सभापतित्व तथा मधेश विश्वविद्यालयका डिन डा. अन्जय मिश्राको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि डा. मिश्राले कक्षा ११ बाट विद्यार्थीहरूको उच्च शिक्षाको यात्रा औपचारिक रूपमा सुरु हुने भएकाले यस चरणलाई आफ्नो भविष्य निर्माणको महत्वपूर्ण आधारका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई अनुशासित, लगनशील र मेहनती भएर अध्ययनमा अघि बढ्न सुझाव दिनुभयो।

उहाँले विद्यार्थी जीवनमा अनुशासन, समयको सदुपयोग, सकारात्मक सोच र निरन्तर मेहनतले सफलता हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। साथै, अध्ययनसँगै आफ्नो क्षमता र प्रतिभाको विकासमा समेत ध्यान दिन उहाँले विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।

कार्यक्रममा कलेजका शिक्षक–शिक्षिका तथा कक्षा ११ मा नवभर्ना भएका विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरण, नियम–अनुशासन तथा अध्ययनका क्रममा अपनाउनुपर्ने विषयबारे समेत जानकारी गराइएको थियो।

नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै कलेज परिवारले उनीहरूको उज्ज्वल शैक्षिक भविष्यको शुभकामना व्यक्त गरेको थियो। स्वागत कार्यक्रमले नयाँ विद्यार्थीहरूलाई कलेजको वातावरणसँग परिचित गराउँदै अध्ययनप्रति थप उत्साहित बनाएको सहभागीहरूले बताएका छन्। स्वागत कार्यक्रममा एसआर ग्यालेक्सी एकेडेमीका सञ्चालिका रिता कुशवाहा  प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशीला शाह सदस्य मञ्जु रानाभाट प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव  जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी राजु कार्की राम विनय कुशवाहा रवि यादव लगायत विभिन्न सामुदायिक तथा निजी विद्यालयका प्र अ तथा शिक्षक शिक्षिकाहरू विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्यहरू समेत प्रस्तुत गरेका थिए।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content