श्रीकृष्ण जन्माष्टमीको अवसरमा माउन्ट मकालु boarding school का विद्यार्थीहरू द्वारा राधा–कृष्णको भेषमा नृत्य गरे
वीरगञ्ज । बीरगंज महानगरपालिका वडा नम्बर 10 अशोक बाटिकामा रहेको माउन्ट मकालु बोर्डिङ स्कुलका विद्यार्थीहरूद्वारा श्री कृष्ण जन्माष्टमीको धार्मिक तथा सांस्कृतिक महत्वबारे विद्यार्थीहरूलाई जानकारी गराउने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल राहुल श्रीवास्तवले बताएका छन्! बिद्यालयले बालबालिकाहरुलाई सिर्जनात्मकता, सांस्कृतिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल श्रीवास्तवले बताएका हुन! विद्यार्थीहरुले कार्यक्रममा भब्य रुपमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले राधा तथा कृष्णको आकर्षक भेषमा सजिएर नृत्य कार्यक्रममा सहभागी भएका थिए ।



जन्माष्टमीको धार्मिक तथा सांस्कृतिक महत्वबारे विद्यार्थीहरूलाई जानकारी गराउँदै विद्यालयले बालबालिकाहरुको सिर्जनात्मकता, सांस्कृतिक ज्ञान तथा सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल श्रीवास्तवले बताएका हुन्।
कार्यक्रममा विद्यार्थीहरूले राधा–कृष्णको पोसाकमा सजिएर विभिन्न प्रस्तुति दिएका थिए। साना बालबालिकाहरू कृष्ण र राधाको भेषमा प्रस्तुत हुँदा कार्यक्रमस्थल निकै रमाइलो र आकर्षक देखिएको थियो। विद्यार्थीहरूले श्रीकृष्णका बाललीला तथा धार्मिक–सांस्कृतिक पक्ष झल्काउने विभिन्न गतिविधिमा उत्साहपूर्वक सहभागिता जनाउदै मनोरञ्जन गरेका थिए।
विद्यालयका शिक्षक–शिक्षिकाहरूले विद्यार्थीहरूलाई श्रीकृष्ण जन्माष्टमीको महत्व तथा भगवान् श्रीकृष्णका शिक्षाबारे जानकारी गराएका हुन। साथै, पर्वका माध्यमबाट बालबालिकामा नेपाली कला, संस्कृति, परम्परा र धार्मिक सहिष्णुताप्रति सकारात्मक भावना विकास हुने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रममा शिक्षक–शिक्षिकाहरुले उत्साहजनक बालबालिकाहरुलाई मनोरञ्जनसँगै उनीहरूलाई आफ्नो मौलिक संस्कृति र परम्परासँग परिचित गराउने उद्देश्यले यस्ता कार्यक्रमहरु आयोजना गरिएको प्रिन्सिपल श्रीवास्तवले बताएका छन् । उनले भने आगामी दिनहरुमा यस्ता कार्यक्रमलाई निरन्तर जारी राख्ने प्रिन्सिपल श्रीवास्तवको भनाई रहेको छ!


COMMENTS