मिनिल्यान्ड miniland स्कुलका विद्यार्थीहरूद्वारा श्रीकृष्ण जन्माष्टमीको अवसर विभिन्न कार्यक्रम गरियो बीरगंज महानगरपालिका वडा नम्बर १० मा रहेको मिनील्यान्ड बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरूले श्रीकृष्ण जन्माष्टमीको अवसरमा विभिन्न कार्यक्रम गरि मनाएको प्रिन्सिपल सुरज बाबु पटेलले जानकारी दिनु भएको छ!विद्यालयमा आयोजित ‘श्रीकृष्ण जन्माष्टमी उत्सव’मा विद्यार्थीहरूले भगवान् श्रीकृष्ण तथा राधाको आकर्षक भेषभूषामा सजिएर विभिन्न नृत्यहरू प्रस्तुति समेत गरेको प्रिन्सिपल पटेलले बताएका हुन्। विद्यालयका साना–साना विद्यार्थीहरूले कृष्ण र राधाको रूप धारण गरेर कार्यक्रममा प्रस्तुत हुँदा विद्यालय परिसर सुन्दरमय र झाँकीले भरिएको आकर्षण देखिएको थियो।



कार्यक्रममा विद्यार्थीहरूले श्रीकृष्णसँग सम्बन्धित विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति बाट उत्कृष्ट भएका विद्यार्थीहरूलाई प्रमाणपत्रले सम्मानित गरिएको प्रिन्सिपल पटेलले बताएका थिए। विद्यार्थीहरूको उत्साह, सिर्जनशीलता र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा शिक्षक–शिक्षिकाहरुको समेत सक्रिय सहभागिता रहेको थियो।
जन्माष्टमीका अवसरमा विद्यालयले विद्यार्थीहरूलाई नेपाली मौलिक संस्कृति, धार्मिक तथा सांस्कृतिक पर्वहरूको महत्वबारे जानकारी गराउँने र परम्परा संस्कृतिप्रति सम्मान गर्ने भावना विकास होस् भन्ने उदेश्यले विद्यार्थीहरूलाई यस्ता कार्यक्रममा सहभागी गरिएको प्रिन्सिपल पटेलको भनाइ रहेको छ।
कार्यक्रममा विद्यार्थीहरूको सहभागिता र प्रस्तुति प्रशंसनीय रहेको विद्यालयले जनाएको छ। उत्सवले विद्यार्थीहरूमा आपसी सद्भाव, सहकार्य र सांस्कृतिक चेतनाको विकास गर्न सहयोग पुग्ने विद्यालयले विश्वास लिएको प्रिन्सिपल पटेलले बताएका छन्। प्रिन्सिपल सुरज बाबु पटेलले बताए अनुसार विद्यार्थीहरूमा आफ्नो मौलिकता र धार्मिक परम्परालाई निरन्तरता दिइरहन आवश्यकता रहेकोले विद्यालयले यस्ता गतिविधि आयोजना गरेको बताएका हुन्!




COMMENTS