NICCI वीरगञ्ज च्याप्टरद्वारा PMDRF का लागि रु. ६५,६०० आर्थिक सहयोग संकलन
वीरगञ्ज, ३ सेप्टेम्बर २०२६। नेपाल–भारत उद्योग वाणिज्य संघ (NICCI), वीरगञ्ज च्याप्टरका सदस्यहरूद्वारा PMDRF का लागि कुल रु. ६५,६०० सहयोग राशि संकलन गरिएको छ।यस मानवीय तथा सामाजिक सहयोग अभियानमा अभिषेक चौधरी, अमित गुप्ता, विक्की जयपुरिया, निरज अग्रवाल, देवरत आर्याल, सुमित केयाल, पंकज अग्रवाल, चन्दन सिंह, निर्मल खतरी, दीपेश अग्रवाल, रजत सचदेवा, सन्तोष जायसवाल, आकाश सर्राफ, किशन केयाल, कृष्ण अग्रवाल, विवेक कुमार, रौनक केयाल, ज्योति रुंगटा तथा अवधेश सरावगीले योगदान गर्नुभएको छ। NICCI वीरगञ्ज च्याप्टरको एक प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय (CDO Office) मा पुगेर सहयोग अभियानसम्बन्धी पत्र बुझाएको छ। उक्त अवसरमा अभिषेक चौधरी, रजत सचदेवा, विक्की जयपुरिया, धीरज दरुका तथा देवरत आर्याल उपस्थित हुनुहुन्थ्यो।
NICCI Head Office द्वारा उपलब्ध गराइएको आधिकारिक बैंक विवरणअनुसार संकलित रु. ६५,६०० PMDRF को आधिकारिक खातामा जम्मा गरिँदैछ।
NICCI वीरगञ्ज च्याप्टरले यस मानवीय तथा सामाजिक पहलमा योगदान गर्नुहुने सम्पूर्ण सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गर्दै NICCI परिवारले प्रदर्शन गरेको सहयोग, एकता र सामाजिक उत्तरदायित्वको भावनाको प्रशंसा गरेको छ।नेपाल–भारत उद्योग वाणिज्य संघ (NICCI)वीरगञ्ज च्याप्टर


COMMENTS