$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

प्याब्सन राइम्स फेस्ट 2083 इन्टर स्कुलको बिजेता विद्या सदनले बाजी मार्यो

 प्याब्सन पर्सा र प्याब्सन वीरगञ्ज महानगरको संयुक्त आयोजनामा वीरगञ्जमा पहिलोपटक प्राथमिक तहका विद्यार्थीहरूलाई लक्षित गरी अन्तर्विद्यालयस्तर...


 प्याब्सन पर्सा र प्याब्सन वीरगञ्ज महानगरको संयुक्त आयोजनामा वीरगञ्जमा पहिलोपटक प्राथमिक तहका विद्यार्थीहरूलाई लक्षित गरी अन्तर्विद्यालयस्तरीय प्याब्सन राइम्स फेस्ट २०८३ (इन्टर स्कुल प्रतियोगिता) सम्पन्न भएको छ।

प्याब्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरी र प्याब्सन वीरगञ्ज महानगरका अध्यक्ष राहुल श्रीवास्तवको संयुक्त अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख मोतिलाल भट्टराईको प्रमुख आतिथ्यमा उक्त प्रतियोगिता सम्पन्न भएको हो  कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले प्राथमिक तहका विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन तथा व्यक्तित्व विकासका लागि यस्ता प्रतियोगिताहरू निकै महत्वपूर्ण हुने बताउनुभयो। उहाँले विगतमा सामुदायिक विद्यालयहरूले समेत यस्ता अतिरिक्त क्रियाकलाप तथा प्रतियोगिताहरू आयोजना गर्ने गरेको भए पनि पछिल्लो समय त्यस्ता कार्यक्रमहरू कम हुँदै गएको उल्लेख गर्दै निजी विद्यालयहरूले यस प्रकारका रचनात्मक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिएकोमा प्रशंसा व्यक्त गर्नुभयो।

विद्यार्थीहरूलाई बाल्यकालदेखि नै पठनपाठनसँगै विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराउन सके उनीहरूको आत्मविश्वास, सिर्जनात्मक क्षमता, नेतृत्व विकास तथा प्रतिस्पर्धात्मक भावना अभिवृद्धि हुने उहाँको भनाइ थियो। यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा लुकेर रहेका प्रतिभालाई उजागर गर्नुका साथै उनीहरूलाई भविष्यमा थप प्रगति गर्न प्रेरित गर्ने उहाँले बताउनुभयो।   प्राथमिक तहका विद्यार्थीहरूलाई लक्षित गरी पहिलोपटक आयोजना गरिएको प्याब्सन राइम्स फेस्टले साना बालबालिकाहरूको भाषा, उच्चारण, प्रस्तुति कला, स्मरणशक्ति तथा आत्मविश्वास विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

विद्यालयस्तरबाटै विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक, सिर्जनात्मक र मनोरञ्जनात्मक शैक्षिक गतिविधिमा सहभागी गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताले विभिन्न विद्यालयका विद्यार्थीहरूबीच आपसी परिचय, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यार्थीहरुको     प्रतिभालाई पहिचान  गर्ने सरको रूपमा परिणत गर्ने उद्देश्यले  आयोजना गरिएको प्याप्सन   महानगर अध्यक्ष  राहुल श्रीवास्तवले बताएका छन्।    यस कार्यक्रममा २० वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगिताको प्रथम विद्या सदन मावि दोस्रो मुनलाइट मावि  तेस्रो लिटिल फ्लावर मावि  चौथो रोयल एकेडेमी पाँचौँ ज्ञानलाई एकेडेमी र बेस्ट श्री गुरुकुल पन्ना मेमोरियल बोर्डिङ स्कुल भएको थियो  विजेता उपविजेता हरूलाई शिल्ड तथा प्रमाणपत्रले सम्मानित गरिएको थियो।  स्वागत मन्तव्य लिटिल प्रि स्कुलका प्रिन्सिपल विजयबलले गरेका थिए भने कार्यक्रममा प्याप्सनका जिल्ला अध्यक्ष सरोजप्रसाद चौधरी   वरिष्ठ उपाध्यक्ष सुशीला शाह सल्लाहकार प्रकाश उपाध्याय  सचिब अशोक संग्रौला निर्णायक मण्डलका मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश मानव क्रियाशील पत्रकार मञ्चका अध्यक्ष  आनन्द पटेल लगायतले आफ्नो धारणा राख्नुभएको थियो। कार्यक्रमको सहजीकरण प्याप्सन महानगर सचिव अमित आलोकले गर्नुभएको थियो। 

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content