राज भक्त देश भक्तले बीरगंजमा 51 औ हिमानी शाहको शुभ जन्मोत्सव धुमधामले मनायो!
राज भक्त देश भक्त केन्द्रिय कार्यालय बीरगंजले हिमानी शाहको 51 औ शुभ जन्मोत्सव धुमधामले मनाएको छ! बीरगंजको मुख्य सडकमा रहेको महावीर मन्दिर नजिकै उक्त हिमानी शाहको जन्मोत्सव मनाइएको केन्द्रिय अध्यक्ष दिपेन्द्र प्रसाद रौनियारले जानकारी दिनु भएको छ! राज भक्त देश भक्त केन्द्रिय अध्यक्ष दिपेन्द्र प्रसाद रौनियारको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमा अध्यक्ष रौनियारले लोकतन्त्र तथा गणतन्त्रमा धेरै भ्रष्टाचार मौलाएको र जनताले सुशासन अनुभूति गर्न नसकेको बताएका थिए। देशमा राजा आए मात्र जनताले सुशानको अनुभब गर्ने अध्यक्ष रौनियारले बताएका छन्! कार्यक्रममा महेन्द्र प्रसाद साह अब्दुल सतार अंसारी विरेन्द्र थापा शम्भु चौरसिया सुभास ठकुरी शाही अनुराण शाह गजेन्द्र ठाकुर मनोज भगत रोशनी साह कविमोति रहमान लगायतको उपस्थित रहेको थियो




COMMENTS