$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

एक वर्षदेखि हराइरहेकी महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

 एक वर्षदेखि हराइरहेकी महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन वीरगञ्ज, असोज ८ । एक वर्षदेखि परिवारबाट सम्पर्कविहीन रहेकी एक महिल...


 एक वर्षदेखि हराइरहेकी महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज, असोज ८ । एक वर्षदेखि परिवारबाट सम्पर्कविहीन रहेकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको निरन्तर खोजी तथा समन्वयपछि सफल पारिवारिक पुनर्मिलन भएको छ।

इलाका प्रहरी कार्यालय, प्रसौनी, बाराले उद्धार गरी २०८३ साल असोज ७ गते बुधबार राति करिब १० बजे मानवसेवा आश्रम वीरगञ्जमा ल्याइपुर्‍याएकी ती महिलाको आज परिवार पहिचान भएपछि उनका भाइ सोहन रायको जिम्मा लगाइएको हो।

आश्रमका अनुसार ती महिला भारतको मोतिहारी जिल्ला, राजेपुर थाना, मोहम्मदपुर सागर गाउँकी रहेको खुलेको छ। उहाँ विगत करिब एक वर्षदेखि परिवारको सम्पर्कबाट बाहिर रहनुभएको थियो।

महिलाको परिवार खोजीका लागि मानवसेवा आश्रम वीरगञ्जले निरन्तर पहल तथा समन्वय गरेको थियो। खोजीका क्रममा परिवारसँग सम्पर्क स्थापित भएपछि आज उहाँलाई भाइ सोहन रायको जिम्मा लगाउँदै पारिवारिक पुनर्मिलन गराइएको हो।

मानवसेवा आश्रमका संस्थापक अभियन्ता देवेश गुप्ताले उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार परिवारसँग पुनः भेट गराउन सक्नु मानवसेवा आश्रमको उद्देश्य र सेवाकार्यको महत्वपूर्ण उपलब्धि हो।

उद्धार कार्यमा सहयोग गर्ने इलाका प्रहरी कार्यालय, प्रसौनी, बारा, मानवसेवा आश्रम वीरगञ्ज तथा परिवार खोजीका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने सामाजिक अभियन्ता विनय कुमार लगायत सम्पूर्ण सहयोगीप्रति आश्रमले आभार व्यक्त गरेको छ।

मानवसेवा आश्रमले सडक तथा सार्वजनिक स्थानमा अलपत्र अवस्थामा भेटिएका व्यक्तिहरूको उद्धार, संरक्षण, उपचार तथा परिवार पहिचान गरी पुनर्मिलन गराउँदै आएको छ।

एक वर्षदेखि परिवारबाट टाढा रहेकी महिलालाई पुनः आफ्ना आफन्तसँग जोड्न सकिएको घटनालाई आश्रमले मानवसेवाको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content