$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

दिब्य विकास स्रोत केन्द्र , पर्सा, नेपाल महिला एकता समाज, काठमाडौं, युथ एडभोकेसी नेपाल तथा एक्शनएड नेपालको संयुक्त साझेदारीमा जलवायु न्यायको माग गर्दै काठमाडौँमा

 जलवायु न्यायको माग गर्दै आज काठमाडौंको ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रको प्राङ्गणमा राष्ट्रियस्तरको बृहत् जलवायु न्याय अभियान सम्पन्न भएको ...

 जलवायु न्यायको माग गर्दै आज काठमाडौंको ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रको प्राङ्गणमा राष्ट्रियस्तरको बृहत् जलवायु न्याय अभियान सम्पन्न भएको छ।

दिब्य विकास स्रोत केन्द्र, पर्सा, नेपाल महिला एकता समाज, काठमाडौं, युथ एडभोकेसी नेपाल तथा एक्शनएड नेपालको संयुक्त साझेदारीमा आयोजित उक्त अभियानमा हजारौँको संख्यामा नागरिक, युवा, महिला, जलवायु परिवर्तनबाट प्रभावित समुदायका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

जलवायु परिवर्तनका कारण प्रभावित समुदायले भोगिरहेका समस्या, उनीहरूको अधिकार तथा जलवायुजन्य विपद्बाट भएको क्षतिको न्यायोचित सम्बोधनका लागि सरकार तथा सम्बन्धित सरोकारवालाहरूको ध्यानाकर्षण गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

अभियानमार्फत मुख्य रूपमा तीनवटा माग अघि सारिएका छन्। ती मागहरूमा जलवायु परिवर्तनबाट प्रभावित समुदायका लागि न्याय सुनिश्चित गर्नुपर्ने, जलवायु न्याय तथा हानि–नोक्सानी सम्बोधनका लागि अनुदान उपलब्ध गराउनुपर्ने र प्रदूषण गर्ने पक्षले नै त्यसको जिम्मेवारी लिँदै जवाफदेही बन्नुपर्ने रहेका छन्।

कार्यक्रमअन्तर्गत जलवायु न्यायप्रति ऐक्यबद्धता जनाउँदै बृहत् र्‍याली, भोटेकोशीको बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा सामूहिक दीप प्रज्वलन तथा मानव साङ्लो निर्माण गरिएको थियो। सहभागीहरूले जलवायु न्याय सुनिश्चित गर्न, प्रभावित समुदायको आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहसम्म पुर्‍याउन र जलवायुजन्य विपद्बाट भएको क्षतिको उचित क्षतिपूर्ति तथा न्यायको माग गरेका थिए।

कार्यक्रममा रसुवा र धादिङ जिल्लाका बाढी प्रभावित दुई जना महिलाहरूले जलवायुजन्य विपद्का कारण आफूहरूले भोग्नुपरेका समस्या, पीडा, चुनौती तथा दैनिक जीवनमा परेको प्रभावबारे आफ्ना अनुभवहरू साझा गरेका थिए। उनीहरूको अनुभवले विपद्का कारण विशेषगरी महिला तथा सीमान्तकृत समुदायले भोग्नुपरेका कठिनाइ र उनीहरूको न्याय तथा पुनर्स्थापनाको आवश्यकतालाई उजागर गरेको थियो।

कार्यक्रमले जलवायु परिवर्तनको असर भोगिरहेका समुदायको आवाजलाई एकीकृत गर्दै जलवायु न्याय, जवाफदेहिता तथा हानि–नोक्सानीको उचित सम्बोधनका लागि सामूहिक ऐक्यबद्धता प्रदर्शन गरेको छ। साथै, जलवायु संकटको जिम्मेवारीबाट प्रदूषक पक्षलाई उन्मुक्ति दिन नहुने र प्रभावित समुदायको अधिकार तथा न्याय सुनिश्चित गर्न राज्य र सम्बन्धित निकायहरू जिम्मेवार हुनुपर्ने सन्देश प्रवाह गरेको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content