बाल प्रारम्भिक शिक्षक संघ नेपाल, पर्साको अध्यक्षमा सुमित सचिब बल कार्य कारिणी सदस्य श्रीवास्तव चयन
वीरगञ्ज। बाल प्रारम्भिक शिक्षक संघ नेपाल (APEN) पर्सा जिल्ला कार्यसमितिको अध्यक्ष पदमा सुमित प्रसाद कलवार चयन हुनुभएका छन् । त्यसैगरी, सचिव पदमा अजय बल र कार्यकारिणी सदस्यमा श्रीमती रुचिका श्रीवास्तव चयन हुनुभएका हुन।
नवनिर्वाचित पदाधिकारीहरूले बालबालिकाहरुको प्रारम्भिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुका साथै उनीहरूको लेखन क्षमता, सिकाइ प्रक्रिया र समग्र शैक्षिक विकासलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।
प्रारम्भिक बालशिक्षालाई बालबालिकाको भविष्यको आधारका रूपमा लिँदै उनीहरूको सिकाइलाई सहज, प्रभावकारी र गुणस्तरीय बनाउन शिक्षकहरूको भूमिका महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ। नवनिर्वाचित कार्यसमितिले शिक्षकहरूको क्षमता अभिवृद्धि, शिक्षण सिकाइ प्रक्रियामा सुधार तथा बालमैत्री शैक्षिक वातावरण निर्माणमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ।
त्यसैगरी, नवनिर्वाचित पदाधिकारीहरूको सक्रियताले बाल प्रारम्भिक शिक्षक संघ नेपाललाई थप सशक्त बनाउनुका साथै संस्थाको उद्देश्य प्राप्ति र शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नयाँ नेतृत्वले बालबालिकाको शिक्षाको गुणस्तर सुधार, शिक्षकहरूको व्यावसायिक विकास तथा प्रारम्भिक शिक्षाको प्रभावकारिता बढाउने दिशामा अगाडि बदाउने कामा धेरै उपलब्धि हुने विश्वास गरिएको छ।

COMMENTS