$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

वीरगंजसहित बारा–पर्साका छ पालिकामा सार्वजनिक यातायात सञ्चालनको तयारी, अध्ययन समिति गठन

 वीरगंजसहित बारा–पर्साका छ पालिकामा सार्वजनिक यातायात सञ्चालनको तयारी, अध्ययन समिति गठन वीरगंज — वीरगंजसहित बारा र पर्साका छ पालिकालाई जोडेर...


 वीरगंजसहित बारा–पर्साका छ पालिकामा सार्वजनिक यातायात सञ्चालनको तयारी, अध्ययन समिति गठन

वीरगंज — वीरगंजसहित बारा र पर्साका छ पालिकालाई जोडेर एकीकृत सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारी अघि बढाइएको छ। सहायक सडक र ग्रामीण बस्तीलाई मुख्य सडकसँग जोड्दै सर्वसाधारणको आवागमन सहज बनाउने उद्देश्यले अन्तरपालिका यातायात सेवा सञ्चालन गर्न लागिएको हो।

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको अन्तरपालिका बैठकले यातायात सेवा सञ्चालनका लागि आवश्यक समन्वय र अध्ययन प्रतिवेदन तयार पार्न समिति गठन गरेको छ।

वीरगंज महानगरपालिकाका राजस्व प्रशासन महाशाखा प्रमुख सुनिल आचार्यको संयोजकत्वमा गठित समितिमा सम्बन्धित पालिकाका प्रतिनिधि सदस्य छन्। समितिमा जितपुरसिमरा उपमहानगरपालिकाका लेखापाल हरिशंकर प्रसाद कुर्मी, कलैया उपमहानगरपालिकाका अजय उप्रेती र परवानीपुर गाउँपालिकाका कृष्णकुमार यादव लगायत रहेका छन्।

समितिले सार्वजनिक यातायातका सम्भावित रुट, सवारी व्यवस्थापन, सञ्चालनको ढाँचा र आवश्यक स्रोतसाधनबारे अध्ययन गरी प्रतिवेदन तयार पार्नेछ। साथै, सवारी सञ्चालन खर्च, इन्धन, चालक तथा सहचालकको पारिश्रमिक, नियमित सर्भिसिङ, मर्मतसम्भार र खर्च बाँडफाँटको व्यवस्थाबारे पनि अध्ययन गर्नेछ।

बैठकमा प्रसौनी गाउँपालिका र पोखरिया नगरपालिकासँग समन्वय गरी आगामी बैठकमा सहभागी गराउने विषयमा समेत छलफल भएको छ।

प्रस्तावित सेवाले मुख्य सडकबाट टाढा रहेका ग्रामीण बस्तीका नागरिकलाई बजार, अस्पताल, शैक्षिक संस्था र सरकारी कार्यालयसम्म पुग्न सहज बनाउने अपेक्षा गरिएको छ। यसबाट मुख्य सडकसम्म पुग्न निजी सवारीमा निर्भर हुनुपर्ने र पटक–पटक सवारी परिवर्तन गर्नुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ।

बैठकमा वीरगंज महानगरपालिकाका प्रमुख सिंह, जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साह, परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीलगायत सहभागी थिए। त्यसैगरी, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहरा र सूचना अधिकृत किर्तिराज सुवेदीको पनि उपस्थिति थियो।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content