$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

शिवम बचत तथा ऋण सहकारी संस्था लिमिटेड,१६औँ वार्षिक साधारण सभामा खुल्ला रक्तदान दुई महिला सहित १०६ जनाले रक्तदान गरे।

 उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने मूल नाराका साथ शिवम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वीरगञ्ज–१० रानीघाटको १६औँ वार्षिक ...


 उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने मूल नाराका साथ शिवम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वीरगञ्ज–१० रानीघाटको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका सञ्चालक समिति अध्यक्ष शिवजी प्रसाद साह कलवारको अध्यक्षतामा आज वीरगञ्जस्थित नगरसभाको सभा हलमा साधारण सभा सम्पन्न भएको हो।  साधारण सभालाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष कलवारले सहकारी संस्था केवल बचत तथा ऋणको कारोबार गर्ने माध्यम मात्र नभई समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्ने महत्वपूर्ण संस्था पनि भएको बताउनुभयो। उहाँले सहकारीले आर्थिक कारोबारसँगै सामाजिक सेवाका क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो।अध्यक्ष कलवारले संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत रसुवाका बाढीपीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको र १६औँ वार्षिक साधारण सभाको अवसर पारेर खुला रक्तदान कार्यक्रमसमेत आयोजना गरेको जानकारी दिनुभयो। यस्ता सामाजिक तथा मानवीय सेवाका गतिविधिले सहकारी संस्थाको समाजप्रतिको जिम्मेवारीलाई थप प्रभावकारी बनाउने उहाँको भनाइ थियो।   उहाँले संस्थामा आबद्ध सेयरधनी, बचतकर्ता तथा सर्वसाधारणको विश्वास नै सहकारीको महत्वपूर्ण पुँजी भएको उल्लेख गर्दै संस्थाले सधैँ पारदर्शिता, जवाफदेहिता र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो। सहकारीको दिगो विकासका लागि सदस्यहरूको सक्रिय सहभागिता, आपसी सहकार्य र आर्थिक अनुशासन आवश्यक रहेकोमा समेत उहाँले जोड दिनुभयो।

साधारण सभामार्फत संस्थाको आर्थिक तथा संस्थागत गतिविधिबारे जानकारी आदानप्रदान गर्नुका साथै आगामी दिनमा सहकारीलाई थप व्यवस्थित, पारदर्शी र उद्यमशीलतामैत्री बनाउँदै लैजाने विषयमा जोड दिइएको थियो।

सहकारीले आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई समेत निरन्तरता दिँदै सदस्यहरूको आर्थिक सशक्तीकरण र समाजको विकासमा योगदान पुर्‍याउने लक्ष्य लिएको जनाएको छ। त्यसैगरि संचालक समितिका सचिब शर्मानन्द कुशवाहाले आफ्नो संस्था जहिले पनि समाजप्रति उत्तरदायित्व र जवाफदेही भएर काम गर्ने संस्थाको रुपमा पहिचान हुँदै आइरहेको धारणा राख्नुभयो आफ्नो संस्थाले आज उत्कृष्ट बचतकर्ता उत्कृष्ट ऋणी उत्कृष्ट कर्मचारी उत्कृष्ट शेरधनी गरी चारजनालाई प्रशंसा पत्रले सम्मानित गरेको जानकारी समेत दिनुभएको छ। संस्थाले आज वार्षिक उत्सवको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेकोमा रक्तदान गर्नेहरू प्रदिप कुमार ढुङ्गाना रामबाबु अजित चौधरी प्रगति थापा अशोक गुप्ता सुनिल महतो लालबाबु राम सन्दिप कुमार राजाबाबु शाह सोनार वीरेन्द्र शाह मन्दिप प्रसाद शाह लगायत दुई महिलासहित १०६ जनाले रक्तदान गरेको जानकारी समेत दिनुभएको छ।

 संस्थाको १६औ वार्षिक साधारण सभामा संस्थाका प्रबन्धक राजेन्द्रप्रसाद जैसवाल उपाध्यक्ष राजनारायण प्रसाद कलवार सचिव शर्मानन्द कुशवाहा सञ्चालक समितिका सदस्यहरू नासिढिक  अन्सारी  भोला प्रसाद कलवार  वीरेन्द्र कुमार रिजवान अहमद संस्थाका प्रबन्धक राजेन्द्र जैसोवाल  लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण संस्थाका कर्जा प्रमुख डिके जैसवालले गर्नुभएको थियो। खुल्ला रक्तदान कार्यक्रमको उद्घाटन समारोह नेपाल सोसाइटी पर्साका सभापति ब्रिजकिशोर पटेलले गर्नुभएको थियो। उक्त कार्यक्रममा सामाजिक संस्था जिल्ला समन्वय समितिका अध्यक्ष इमराहिम देवानको समेत उपस्थिति रहेको थियो!

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content