"विभितामा एकता: ज्ञानदा एकेडेमीको भव्य सांस्कृतिक उत्सव २०८३ भब्य रुपमा सम्पन्न! विभितामा एकता
हाम्रो पहिचान, संस्कृति हाम्रो गौरब
हाम्रो देश नेपाल, कला, संस्कृति र परम्पराको धनी संगम हो। यही विविधतालाई आत्मसाथ गर्दै 'ज्ञानदा एकेडेमी' ले दशैं, तिहार, छठ र नेपाल संवत् (न्हूँ दँ) को पावन अवसरमा "भव्य सांस्कृतिक उत्सव २०८३" हर्षोल्लासका साथ सम्पन्न गरेको छ।
यस विशेष समारोहमा हाम्रा प्रतिभावान विद्यार्थीहरूले नेपाली, हिन्दी, मैथिली, भोजपुरी र थारु संस्कृतिमा आधारित विभिन्न मनमोहक नृत्यहरू प्रस्तुत गरे। साथै, हाम्रो प्राचीन कलाको प्रतिक 'झिझिया नृत्य' र शक्तिस्वरूपा 'दुर्गा नृत्य' ले कार्यक्रमको शोभा बढाएको थियो।
विशेष गरी भाइटीकाको मर्म बुझाउने नाटक (Skit) र आस्थाको पर्व छठको महत्त्व झल्काउने प्रस्तुतिले सबैको मन जित्न सफल भयो। यस कार्यक्रमको मुख्य उद्देश्य हाम्रा बालबालिकाहरूलाई आफ्नो धर्म, संस्कार र सांस्कृतिक विविधताको महत्त्व बुझाउँदै 'विविधतामा एकता' को भावना जागृत गराउनु थियो।
सहभागी सम्पूर्ण विद्यार्थी, शिक्षक-शिक्षिका र अभिभावकज्यूहरूमा हार्दिक आभार व्यक्त गर्दछौँ।
"विविधता हाम्रो पहिचान, संस्कृति हाम्रो गौरब

COMMENTS