प्याब्सन वीरगञ्ज र प्याब्सन पर्साद्वारा संयुक्त विजयदशमी दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान
वीरगञ्ज। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) वीरगञ्ज महानगरपालिका र प्याब्सन पर्साको संयुक्त आयोजनामा विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको शुभ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी तथा प्याब्सन वीरगञ्ज महानगरका अध्यक्ष राहुल श्रीवास्तवको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालीहरूको महान् चाड विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा एकआपसमा शुभकामना आदानप्रदान गर्दै पर्वहरूलाई आपसी सद्भाव, भाइचारा र एकताको भावनासहित मनाइएको थियो।
कार्यक्रममा प्याब्सनसँग आबद्ध विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले चाडपर्वले समाजमा आपसी सद्भाव, सहकार्य र एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै सबैमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरेका थिए।
कार्यक्रममा प्याब्सनका वरिष्ठ उपाध्यक्ष सुशीला शाह, उपाध्यक्ष वीरेन्द्र यादव, सचिव अशोक संग्रौला, सल्लाहकार प्रकाश उपाध्याय, मञ्जु राना भाट, प्याब्सन वीरगञ्जका उपाध्यक्ष शर्मानन्द कुशवाहा, सदस्य विजय बल, सनी पाख्रिन, राजेन्द्र कोइराला, राकेश मिश्रा, लालबहादुर गुरुङ्ग तथा विभिन्न विद्यालयका सञ्चालक एवं प्रिन्सिपलहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले प्याब्सनमा आबद्ध विद्यालयका सञ्चालक, प्रिन्सिपल तथा शैक्षिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूबीच आपसी सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउन सहयोग पुगेको आयोजकले विश्वास व्यक्त गरेका छन्।
कार्यक्रमबारे प्याब्सन वीरगञ्ज महानगरका सचिव अमित आलोकले जानकारी दिनुभएको छ

COMMENTS