$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

सीएमसी क्लब पर्सा द्वारा मधेस प्रदेश सहकारी विभागका रजिस्ट्रार रुपेशकुमार र रजिस्ट्रार अधिकृत वासुदेव भट्टसँग सहकारी संस्थाको बारेमा बृहत छलफल

 सीएमसी क्लब पर्सा द्वारा मधेस प्रदेश सहकारी विभागका रजिस्ट्रार रुपेशकुमार र रजिस्ट्रार अधिकृत वासुदेव भट्टसँग सहकारी संस्थाको वर्तमान अवस्थ...


 सीएमसी क्लब पर्सा द्वारा मधेस प्रदेश सहकारी विभागका रजिस्ट्रार रुपेशकुमार र रजिस्ट्रार अधिकृत वासुदेव भट्टसँग सहकारी संस्थाको वर्तमान अवस्था तथा सीएमसी क्लब पर्साको भूमिकाबारेमा बृहत् छलफल तथा राय सङ्कलन गरेको छ।

सीएमसी क्लब पर्साका अध्यक्ष चन्देश्वर चौरसियाका अनुसार सहकारी क्षेत्रको वर्तमान अवस्था, सहकारी संस्थाले भोगिरहेका समस्या, बचतकर्ताको बचतको सुरक्षा तथा सहकारी संस्थाको प्रभावकारी सञ्चालन लगायतका विषयमा छलफल गरिएको हो।   छलफलका क्रममा सीएमसी क्लबका संस्थापक  अध्यक्ष  विष्णु बरालले सहकारी संस्थाहरूले बचतकर्ताबाट नियमित रूपमा बचत सङ्कलन गर्नुका साथै सङ्कलित बचतलाई सुरक्षित र व्यवस्थित ढङ्गले लगानी गर्दै आएको जानकारी गराउनुभ एको   थियो । उहाँले सहकारी संस्थाले आफ्ना सदस्यहरूको आर्थिक तथा सामाजिक विकासमा पुर्‍याउँदै आएको योगदानबारेमा समेत प्रकाश पार्नुभयो।

कार्यक्रममा सहकारी संस्थाको वर्तमान अवस्था, सहकारी क्षेत्रलाई थप व्यवस्थित र पारदर्शी बनाउने उपाय, बचतकर्ताहरुको रकमको सुरक्षा तथा सहकारी संस्थाप्रति सदस्यहरूको विश्वास अभिवृद्धि गर्ने विषयमा विचार तथा सुझाव आदानप्रदान गरिएको थियो।    त्यसैगरी, सहकारी क्षेत्रको सुधार र विकासका लागि नियामक निकाय तथा सहकारी संस्थाबीच आवश्यक समन्वय र सहकार्यको महत्त्वबारे समेत छलफल गरिएको  पुर्व   अध्यक्ष रविभुषण श्रीवास्तवले बताएका हून । सीएमसी क्लब पर्साको आगामी भूमिका, सहकारी संस्थाहरुको समस्या र चुनौतीहरूको समाधानका लागि गर्न सकिने पहल तथा सहकारी क्षेत्रलाई थप जिम्मेवार र प्रभावकारी बनाउने विषयमा सिएमसि क्लबका  पदाधिकारीहरूले आ–आफ्ना धारणा राखेका थिए।

सीएमसी क्लब पर्साले सहकारी क्षेत्रको वास्तविक अवस्था बुझ्दै सम्बन्धित निकायसँग समन्वय, सहकार्य र सुझाव सङ्कलन गर्ने उद्देश्यले छलफल कार्यक्रम आयोजना गरिएको अध्यक्ष चौरसियाले बताएका छन्।  छलफल कार्यक्रममा सिएमसि क्लबका उपाध्यक्ष रामबाबु प्रसाद उमेश साह तुराहा   डिके जैसवाल प्रदिप कुमार लोहार तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सीएमसी क्लबले मधेस प्रदेश सहकारी विभागका रुपेशकुमार र अधिकृत वासुदेव भट्टलाई मायाको चिनोले सम्मानित गरिएको थियो।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content