$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

गलत भ्रमको खेती बन्द गर्न डाईरेक्टर पटेलको भनाई कलेजले अभिभावकविहिन विद्यार्थीहरुलाई निशुल्क अध्यापनको एक शब्द लेख्न नसक्ने

 कलेजको भ्रामक समाचारपत्र डाईरेक्टर पटेको आपत्ति सत्य तथ्य नबुझी संस्थाको बदनाम नगर्न आग्रह अबदेखि फेरि यस्तो भए कानुनी उपचार खोज्ने   वीरगञ...


 कलेजको भ्रामक समाचारपत्र डाईरेक्टर पटेको आपत्ति सत्य तथ्य नबुझी संस्थाको बदनाम नगर्न आग्रह अबदेखि फेरि यस्तो भए कानुनी उपचार खोज्ने   वीरगञ्ज महानगरपालिका  वडा नम्बर ९ मा रहेको   वीरगञ्ज पब्लिक इङ्गलिस सेकेण्डरी स्कुल (बीपीएस प्लस टु कलेज) का सम्बन्धमा पछिल्लो समय विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचार तथा सामग्रीहरू गलत र भ्रामक रहेको कलेजका एकेडेमिक डाइरेक्टर दीपक पटेलले बताएका छन्!  डाइरेक्टर पटेलका अनुसार  कलेजका विषयमा सार्वजनिक भएका समाचारप्रति ध्यानाकर्षण गराउँदै ती समाचारमा उल्लेख गरिएका विषयवस्तुबारे कलेजको आधिकारिक धारणा सार्वजनिक  गर्नु परेको  बताएका  हुन्।कलेजका अनुसार पछिल्लो समय केही शिक्षकहरूले कलेज छाडेको विषयलाई विभिन्न ढङ्गले प्रचार गरिएको भए पनि उनीहरूले व्यक्तिगत, पारिवारिक तथा समय व्यवस्थापनसँग सम्बन्धित कारणले कलेजबाट बिदा लिएको जनाएका छन् ।  डाइरेक्टर पटेलका अनुसार समाचारमा चर्चा गरिएका  अनुसार  अनिस सर व्यक्तिगत तथा पारिवारिक कारणले दिल्लीमा सेटल हुनुभएको र अशोक जैसवाल सर काठमाडौंमा सेटल हुने योजनाका कारण कलेजबाट बिदा लिएर गएका छन् । उनीहरूले कलेज छाड्नुमा अन्य कुनै कारण नरहेको  डाइरेक्टर पटेलको भनाइ रहेको छ।     उनको भनाई  अनुसार केही शिक्षकहरू सरकारी विद्यालयहरुमा समेत कार्यरत रहेको हुनाले जसरी राजेश्वर सर, वीरेन्द्र केसरी र दीपक खत्रीलगायतका शिक्षकहरू सरकारी विद्यालयहरुमा पनि अध्यापनरत रहेकोले कलेजमा आउन नसकेको   जनाएको छ।

नेपाल सरकारको निर्णयअनुसार सरकारी विद्यालयहरूको सञ्चालन समय परिवर्तन भई मर्निङ सिफ्टमा सञ्चालन हुन थालेपछि सरकारी विद्यालय र कलेजको अध्यापन समय एकआपसमा जुध्न गएको कलेजको भनाइ छ।

समय व्यवस्थापनमा समस्या भएपछि सम्बन्धित शिक्षकहरूले आफूलाई कलेजमा निरन्तरता दिन कठिनाइ भएको जानकारी गराएको र उनीहरूको व्यक्तिगत अनुरोध तथा बाध्यतालाई सम्मान गर्दै कलेजले बिदा दिएको डाइरेक्टर पटेलले स्पष्ट पारे।

कलेजले शिक्षकहरूको बिदाइलाई लिएर विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका सामग्रीले वास्तविक अवस्थालाई गलत रूपमा प्रस्तुत गरेको दाबी गरेको छ।

कलेजले आफूले शिक्षक तथा कर्मचारीसँगको सम्बन्धलाई सदैव सम्मान गर्दै आएको उल्लेख गर्दै व्यक्तिगत तथा व्यावसायिक कारणले हुने कर्मचारीको निर्णयलाई अन्य विषयसँग जोडेर प्रचार नगर्न आग्रह गरेको छ।

डाइरेक्टर पटेलले कलेजका सम्बन्धमा कुनै विषयमा जिज्ञासा वा भ्रम भएमा आधिकारिक स्रोतसँग जानकारी लिएर मात्रै समाचार सम्प्रेषण गर्न सञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन्। संचालक एवं  डाइरेक्टर  पटेलको भनाई अनुसार  यसरी संस्था माथि खेलवाड गर्ने र संस्थाको बदनाम गर्ने  अब देखि कानुनी उपचार खोज्ने समेत बताएका छन्। आफू बीरगञ्जमै रहेको भएपनि  एकपटक पनि सम्पर्क नगरी अरुको लहलही र भनाइमा समाचारहरू प्रकाशन गर्नाले व्यक्तिगत बदनाम गर्नुका साथै संस्थामाथि आँच आउने काम गर्नु पत्रकारिताको धर्म नभएको बताएका छन्। आफूले कलेजमा अभिभावकविहिन भएका विद्यार्थीहरूलाई निःशुल्क अध्यापन गरिरहेको बारेमा एक शब्द पनि लेख्न नसक्ने के वल नकारात्मक टिप्पणी गरेर संस्थालाई बदनाम गर्ने नियत भएका अबको दिनमा आफूले निगरानी गरेर जाने बताएका छन्।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content