स्वास्थ्य कार्यालय, पर्साको आयोजनामा सम्पन्न स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रममा दिब्य विकास स्रोत केन्द्र, पर्...
स्वास्थ्य कार्यालय, पर्साको आयोजनामा सम्पन्न स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रममा दिब्य विकास स्रोत केन्द्र, पर्सालाई स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै कदर–पत्र प्रदान गरी सम्मान गर्नुभएकोमा हामी अत्यन्तै हर्षित तथा गौरवान्वित भएका छौँ।
यस सम्मानका लागि स्वास्थ्य कार्यालय, पर्साका कार्यालय प्रमुख श्री निलाराम्ब अधिकारीज्यू लगायत सम्पूर्ण स्वास्थ्य कार्यालय, पर्साको परिवारप्रति दिब्य विकास स्रोत केन्द्र, पर्साको तर्फबाट हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ।
यस प्रकारको सम्मानले स्वास्थ्य क्षेत्रको सुधार, समुदायस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवर्द्धनका लागि अझ थप जिम्मेवार र प्रतिबद्ध भएर कार्य गर्न हामीलाई प्रेरणा प्रदान गरेको छ।
आगामी दिनमा पनि स्वास्थ्य कार्यालय, पर्सा लगायत सम्बन्धित सबै सरोकारवाला निकायहरूसँगको सहकार्य र समन्वयलाई अझ सुदृढ गर्दै समुदायको स्वास्थ्य तथा समग्र विकासका लागि निरन्तर योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्दछौँ।



COMMENTS