$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

लायन्स क्लब अफ वीरगञ्ज मेट्रोसिटीकी अध्यक्ष सिंहद्वारा क्लब तथा डिस्ट्रिक्टका पदाधिकारीप्रति आभार व्यक्त

 लायन्स क्लब अफ वीरगञ्ज मेट्रोसिटीकी अध्यक्ष सिंहद्वारा क्लब तथा डिस्ट्रिक्टका पदाधिकारीप्रति आभार व्यक्त वीरगञ्ज। लायन्स क्लब अफ वीरगञ्ज मे...


 लायन्स क्लब अफ वीरगञ्ज मेट्रोसिटीकी अध्यक्ष सिंहद्वारा क्लब तथा डिस्ट्रिक्टका पदाधिकारीप्रति आभार व्यक्त

वीरगञ्ज। लायन्स क्लब अफ वीरगञ्ज मेट्रोसिटीकी अध्यक्ष पिया सिंहले क्लब तथा डिस्ट्रिक्टका पदाधिकारीहरूले प्रदान गरेको सम्मान, विश्वास र मार्गदर्शनप्रति आभार व्यक्त गरेकी छन्। उनले प्राप्त सम्मानले सेवाप्रतिको जिम्मेवारी, आत्मविश्वास र समर्पणलाई थप मजबुत बनाएको बताएकी छन्।

अध्यक्ष सिंहले पूर्व डिस्ट्रिक्ट गभर्नर लायन विनय बस्नेतप्रति विशेष आभार व्यक्त गर्दै क्लब अध्यक्षका रूपमा आफूले गरेको मेहनत र योगदानको कदर गरिनु आफ्ना लागि भावनात्मक तथा प्रेरणादायी क्षण भएको बताइन्। उक्त सम्मानले आगामी दिनमा पनि पूर्ण लगनशीलता, निष्ठा र समर्पणका साथ सामाजिक सेवाका कार्यलाई निरन्तरता दिन थप प्रेरणा मिलेको उनको भनाइ छ।

आफ्नो क्षमतामाथि विश्वास गर्दै हरेक कदममा मार्गदर्शन र सहयोग प्रदान गरेकोमा उनले बस्नेतप्रति कृतज्ञता व्यक्त गरिन्। बस्नेतको प्रोत्साहन र मार्गदर्शन आफ्नो सेवायात्रामा सधैँ प्रेरणाको स्रोत रहने पनि उनले बताइन्।

यसैगरी, सिंहले डिस्ट्रिक्ट ३२५ एसका वरिष्ठ लायन डा. आरपी खेतान, डिस्ट्रिक्ट गभर्नर लायन रामबिहारी पाण्डे, प्रथम उपडिस्ट्रिक्ट गभर्नर लायन अंकिता सुमार्गी, क्याबिनेट सचिव लायन बासु तिमिल्सिना, लायन चिन्तन बज्राचार्य, लायन रूजा बज्राचार्य, पूर्व डिस्ट्रिक्ट गभर्नरहरू लायन देवकीनन्दन अग्रवाल र लायन अशोक बेरीवाललगायत सम्पूर्ण पदाधिकारीप्रति समय–समयमा प्राप्त मार्गदर्शन, सहयोग र प्रोत्साहनका लागि हार्दिक धन्यवाद व्यक्त गरिन्।

उनले लायन्स क्लब अफ रक्सौलका जोन चेयरपर्सन तथा डिस्ट्रिक्ट ३२२ ईका डिस्ट्रिक्ट चेयरपर्सन लायन बिमल सर्राफले पठाएको शुभकामनाप्रति पनि विशेष आभार व्यक्त गरिन्। आत्मीयता र सम्मानले भरिएका यस्ता शुभकामनाले सेवाप्रतिको जिम्मेवारी र समर्पणलाई अझ सुदृढ बनाउने उनले बताइन्।

अध्यक्ष सिंहका अनुसार सम्मान केवल उपलब्धिको पहिचान मात्र नभई आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्ने प्रेरणा पनि हो। वरिष्ठ व्यक्तित्व, पदाधिकारी तथा सहयोगीहरूले आफूलाई गरेको विश्वास अमूल्य रहेको उल्लेख गर्दै उनले उक्त विश्वासलाई कायम राख्दै सामाजिक सेवाका क्षेत्रमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिन्।

उनले सबैको सहयोग, मार्गदर्शन र सद्भावलाई आत्मसात् गर्दै आगामी दिनमा पनि समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित सेवामूलक गतिविधिलाई अघि बढाउने बताएकी छन्।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content