$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

विश्रामपुर गाउँपालिकामा शेरबहादुर देउवा पक्षको गाउँ अधिवेशनबाट उमेश कुमार साह सभापतिमा चयन ।

मधेस प्रदेशको बारा जिल्लाको विश्रामपुर गाउँपालिकामा शेरबहादुर देउवा पक्षको गाउँ अधिवेशनबाट उमेश कुमार साह सभापतिमा चयन भएका छन्।     नेपाली ...


मधेस प्रदेशको बारा जिल्लाको विश्रामपुर गाउँपालिकामा शेरबहादुर देउवा पक्षको गाउँ अधिवेशनबाट उमेश कुमार साह सभापतिमा चयन भएका छन्।
    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बारा निर्वाचन क्षेत्र नं. ४ (ख) मा पर्ने विश्रामपुर गाउँपालिकामा शेरबहादुर देउवा पक्षको गाउँ अधिवेशनबाट उमेश कुमार साह सभापतिमा चयन भएका छन्।

बरैनिया बजारमा सोमबार सम्पन्न अधिवेशनले साहको नेतृत्वमा गाउँ कार्यसमिति चयन गरेको हो। उपसभापतिमा योगेन्द्र पासवान र इस्लाम मियाँ अन्सारी तथा सचिवमा परमदेश प्रसाद यादव र अशोक कुमार चयन भएका छन्। सहसचिवको जिम्मेवारी कृष्ण प्रसाद यादव र शिवपुजन साहले पाएका छन्।

गाउँ कार्यसमितिमा सबै वडाबाट एक–एक जना महिलासहित चार–चार जना सदस्य समेटिने जनाइएको छ। अधिवेशनका क्रममा स्थानीय तहमा पार्टी संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने तथा आगामी राजनीतिक गतिविधिका विषयमा समेत छलफल भएको थियो।

क्षेत्रीय सभापति सुनिल प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला सदस्य रवीकिरण साह, क्षेत्र नं. ३ का सचिव नागेन्द्र यादवलगायत नेता, स्थानीय जनप्रतिनिधि, क्रियाशील सदस्य तथा शुभेच्छुकको सहभागिता थियो।

यसैबीच, विश्रामपुर गाउँपालिकामा कांग्रेसको गगन कुमार थापा पक्षले यसअघि नै छुट्टै अधिवेशन सम्पन्न गरी नयाँ पालिका नेतृत्व चयन गरिसकेको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content