$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

जितपुर परसवामा समावेशी शिक्षाको महत्वबारे वक्तृत्वकला प्रतियोगिता सम्पन्न

 जितपुर परसवामा समावेशी शिक्षाको महत्वबारे वक्तृत्वकला प्रतियोगिता सम्पन्न समावेशी शिक्षाको महत्व तथा आवश्यकताबारे विद्यार्थी, अभिभावक र समु...


 जितपुर परसवामा समावेशी शिक्षाको महत्वबारे वक्तृत्वकला प्रतियोगिता सम्पन्न

समावेशी शिक्षाको महत्व तथा आवश्यकताबारे विद्यार्थी, अभिभावक र समुदायमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पर्साको जिराभवानी गाउँपालिका–३, परसवामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सेढवा, श्री महेन्द्र नेपाल निम्न माध्यमिक विद्यालय परसवा र जिराभवानी गाउँपालिका–३ परसवास्थित दलित समुदायको सहभागितामा “समावेशी शिक्षाको महत्व तथा आवश्यकता” विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो।

युरोपियन युनियनको आर्थिक सहयोग तथा पिपुल इन निड, अकाउन्टेबिलिटी ल्याब नेपाल, National Campaign for Education Nepal (NCE Nepal)  र नेपाल अपाङ्ग महिला संघको सहकार्य तथा दिव्य विकास स्रोत केन्द्र, पर्साको संयुक्त साझेदारीमा सञ्चालित पहुँच परियोजना (ACCESS Project) अन्तर्गत Future School & Community Engagement अभियानमार्फत कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रमको अध्यक्षता दिब्य विकास स्रोत केन्द्र, पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले गर्नुभएको थियो। कार्यक्रममा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सेढवाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष अशोक चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

त्यसैगरी श्री महेन्द्र नेपाल निम्न माध्यमिक विद्यालयका शिक्षक उपेन्द्र चौधरी, समाजसेवी दिनेश्वर महतो तथा अकाउन्टेबिलिटी ल्याब नेपालका प्रतिनिधि अकलेश साह अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमको सहजीकरण दिब्य विकास स्रोत केन्द्र, पर्साका कार्यक्रम जिम्मेवार व्यक्ति अमित कुमार राउतले गर्नुभएको थियो।

वक्तृत्वकला प्रतियोगितामा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सेढवाका कक्षा ९ का विद्यार्थी तथा श्री महेन्द्र नेपाल निम्न माध्यमिक विद्यालयका विद्यार्थी गरी जम्मा ७ जना विद्यार्थीले सहभागिता जनाएका थिए। प्रतियोगितामा रिया चौबे प्रथम, निलिमा कुमारी द्वितीय र हसिना खातुन तृतीय भएका थिए। विजयी विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा समावेशी शिक्षाले जात, लिङ्ग, अपाङ्गता, आर्थिक अवस्था वा अन्य कुनै आधारमा विभेद नगरी सबै बालबालिकालाई समान रूपमा शिक्षाको अवसर सुनिश्चित गर्नुपर्ने विषयमा जोड दिइएको थियो। सहभागी वक्ताहरूले समावेशी शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि विद्यालय, परिवार, समुदाय तथा सम्बन्धित सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताएका थिए।

कार्यक्रमले विद्यालय तथा समुदायमा समावेशी शिक्षाको महत्व र आवश्यकताबारे सकारात्मक सन्देश प्रवाह गर्नुका साथै विद्यार्थी, अभिभावक तथा समुदायका सदस्यमा समावेशी शिक्षासम्बन्धी चेतना अभिवृद्धि गर्न सहयोग पुगेको आयोजकले जनाएको छ। कार्यक्रममा समुदायबाट १०० जना र विद्यालयबाट ५० जना गरी जम्मा १५० जनाको सहभागिता रहेको थियो।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content