अन्तर्राष्ट्रिय शिक्षक दिवसको अवसरमा पर्सा जिल्लाको बिरगंजबाट नेशनल प्याब्सनका नगर अध्यक्ष श्री जियालाल गुप्ता लगायत तीन शिक्षाविद् भारतको रक्सौलमा सम्मानित
वीरगञ्ज, पर्सा ।
अन्तर्राष्ट्रिय शिक्षक दिवसको अवसरमा पर्सा जिल्लाको वीरगञ्जबाट शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आएका तीन जना शिक्षक़हरुलाई सम्मान गरिएको छ।
विश्व शिक्षक दिवसको पूर्वसन्ध्यामा स्कुल, पूर्वी चम्पारण रक्सौलद्वारा आयोजित जिल्लास्तरीय शिक्षक सम्मान तथा सांस्कृतिक कार्यक्रममा वीरगञ्जका तीन जना विद्यालय सञ्चालक तथा शिक्षाविद्लाई सम्मान गरिएको हो।
सम्मानित हुनेहरूमा सगरमाथा एकेडेमी, मुर्ली–१२, वीरगञ्जका प्रिन्सिपल/डाइरेक्टर श्री जियालाल गुप्ता, गुगल एकेडेमी, वीरगञ्जका प्रिन्सिपल/डाइरेक्टर श्री नरेश राउत कुर्मी तथा अध्ययन एकेडेमी, वीरगञ्ज–१६ का प्रिन्सिपल/डाइरेक्टर श्री गौतम श्रीवास्तव रहेका छन्।
शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यार्थीको सर्वाङ्गीण विकास तथा समाजमा शैक्षिक चेतना फैलाउन पुर्याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको जनाइएको छ।
सम्मान कार्यक्रममा शिक्षकको भूमिका, शिक्षा र संस्कारको महत्व तथा समाज निर्माणमा शिक्षकको योगदानबारे समेत चर्चा गरिएको थियो।
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति समेत आयोजना गरिएको थियो।
शिक्षक केवल ज्ञान दिने व्यक्ति मात्र नभई समाज र राष्ट्रको भविष्य निर्माण गर्ने मार्गदर्शक हुन्। वीरगञ्जका यी तीन शिक्षाविद्को सम्मानले पर्सा जिल्लाको शैक्षिक क्षेत्रमा पुर्याउँदै आएको योगदानलाई थप प्रोत्साहन मिलेको छ।



COMMENTS