$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

वडा नम्बर पाच का वडा अध्यक्ष चौरसियाको पहलमा नयाँ खानेपानी बोरिङ जडान

वडा नम्बर वडा पांचका  वडा अध्यक्ष चौरसियाको पहलमा नयाँ खानेपानी बोरिङ जडान  वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ मा स्थानीयवासीको खानेपानी समस्य...

वडा नम्बर वडा पांचका  वडा अध्यक्ष चौरसियाको पहलमा नयाँ खानेपानी बोरिङ जडान 

वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ मा स्थानीयवासीको खानेपानी समस्या समाधान गर्न नयाँ खानेपानी बोरिङ जडान गरिएको छ। स्थानीयवासीको गुनासोलाई सम्बोधन गर्दै वडा अध्यक्ष प्रदीप चौरसियाको पहलमा नयाँ स्थानमा बोरिङ जडान गरिएको हो।

यसअघि प्रदेश सरकारबाट प्राप्त बजेटमार्फत वडा नम्बर ५ मा खानेपानीका लागि बोरिङ जडान गरिएको थियो। तर उक्त बोरिङबाट सीमित रूपमा दुई–तीन घरमा मात्रै पानी प्रयोग भइरहेको र अधिकांश स्थानीयवासी खानेपानीको समस्यामा रहेको गुनासो स्थानीयहरूले वडा अध्यक्षसमक्ष गरेका थिए।

खानेपानीको अभावका कारण स्थानीयवासीलाई दैनिक उपभोगका लागि पानी जुटाउन समस्या भइरहेको विषयमा गुनासो आएपछि वडा अध्यक्ष चौरसियाले स्थानीयको माग र आवश्यकतालाई प्राथमिकतामा राख्दै नयाँ स्थानमा खानेपानी बोरिङ जडान गराएका हुन्।

नयाँ बोरिङ सञ्चालनमा आएपछि विगतमा खानेपानीको समस्या झेल्दै आएका धेरै घरधुरी लाभान्वित हुने अपेक्षा गरिएको छ। नयाँ बोरिङबाट धेरै घरधुरीमा पानी पुग्ने भएपछि स्थानीयवासीले वडा अध्यक्ष चौरसियाप्रति खुसी व्यक्त गर्दै धन्यवाद दिएका छन्।

स्थानीयवासीले आफूहरूको वास्तविक समस्या सुनेर तत्काल पहल गरेको भन्दै वडा अध्यक्षको प्रशंसा गरेका छन्। उनीहरूले खानेपानीजस्तो आधारभूत आवश्यकताको समस्या समाधानका लागि गरिएको पहलले स्थानीयको दैनिक जीवनमा सहजता आउने बताएका छन्।

वडा अध्यक्ष चौरसियाले स्थानीयवासीको आधारभूत आवश्यकता र समस्यालाई प्राथमिकतामा राखेर वडा तहबाट गर्न सकिने पहल निरन्तर गरिने बताएका छन्। उनले खानेपानी, सरसफाइ, सडक तथा अन्य आवश्यक पूर्वाधारका क्षेत्रमा समेत स्थानीयको मागअनुसार काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content