$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

सामाजिक विषयको एकदिने शिक्षक तालिम सम्पन्न

 सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम सम्पन् नेसनल प्याब्सन वीरगञ्ज महानगर समिति तथा नेसनल प्याब्सन जिल्ला समिति, पर्साको संयुक्त आयोजन...

 सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम सम्पन्

नेसनल प्याब्सन वीरगञ्ज महानगर समिति तथा नेसनल प्याब्सन जिल्ला समिति, पर्साको संयुक्त आयोजनामा सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम वीरगञ्जस्थित टाउन हलमा भव्यताका साथ सम्पन्न भएको छ।

सामाजिक शिक्षा विषयको शिक्षणलाई थप प्रभावकारी, व्यावहारिक तथा समयसापेक्ष बनाउने उद्देश्यले आयोजित तालिममा वीरगञ्ज तथा पर्साका विभिन्न विद्यालयमा कार्यरत करिब १२५ जना शिक्षकको सहभागिता रहेको थियो। तालिममा सामाजिक शिक्षा विषयको प्रभावकारी शिक्षण विधि, कक्षा व्यवस्थापन, विद्यार्थीको सिकाइ क्षमता अभिवृद्धि तथा विषयवस्तुलाई व्यवहारसँग जोडेर अध्यापन गराउने लगायतका विषयमा प्रशिक्षण दिइएको थियो।


कार्यक्रमको अध्यक्षता नेसनल प्याब्सन जिल्ला समिति, पर्साका अध्यक्ष राम श्रेष्ठ र वीरगञ्ज महानगर समितिका अध्यक्ष सोनालाल पटेलले संयुक्त रूपमा गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन नेसनल प्याब्सन जिल्ला समिति, पर्साका सचिव प्रमोद कुमार सहनीले गर्नुभएको थियो।


हिसानका पूर्वअध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि रमेश शिलवालको गरिमामय उपस्थितिमा सम्पन्न तालिममा शिक्षकहरूको ज्ञान, सीप तथा शिक्षण क्षमताको विकासका साथै सामाजिक शिक्षा विषयलाई प्रभावकारी ढंगले अध्यापन गराउने विषयमा विशेष जोड दिइएको थियो।

तालिममा सहभागी शिक्षकहरूले प्रशिक्षणले आफूहरूको शिक्षण शैलीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए। उनीहरूले समय–समयमा यस्ता विषयगत तालिम आयोजना गर्नुपर्नेमा समेत जोड दिएका थिए।

कार्यक्रमका लागि तालिमको विशेष व्यवस्था तथा समन्वय गरिदिनुहुने नेसनल प्याब्सन केन्द्रीय समितिका महासचिव प्रताप थापा तथा सम्पूर्ण केन्द्रीय समितिप्रति आयोजकले विशेष धन्यवाद तथा हार्दिक आभार व्यक्त गरेको छ।

त्यसैगरी, तालिम सफल बनाउन सहयोग पुर्‍याउने Readmore Publication तथा रिसेप नलेजप्रति समेत आयोजकले धन्यवाद व्यक्त गरेको छ। तालिमको सहजीकरण प्रशिक्षक मातृका लम्सालले गर्नुभएको थियो। उहाँले सामाजिक शिक्षा विषयलाई विद्यार्थीकेन्द्रित र व्यवहारिक ढंगले अध्यापन गर्ने विभिन्न विधिबारे शिक्षकहरूलाई प्रशिक्षण दिनुभएको थियो।

तालिमको समापनका क्रममा नेसनल प्याब्सन जिल्ला समिति, पर्साका अध्यक्ष राम श्रेष्ठले प्रशिक्षक मातृका लम्सालप्रति विशेष आभार व्यक्त गर्दै सहभागी शिक्षक, सहयोगी संस्था तथा आयोजक समितिका सम्पूर्ण पदाधिकारीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

नेसनल प्याब्सनले शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि आगामी दिनमा पनि विषयगत तथा व्यावसायिक विकाससम्बन्धी तालिमलाई निरन्तरता दिने जनाएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content