$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

-अपरेटिभ म्यानेजर्स क्लब (CMC) पर्साको आठौँ वार्षिक साधारण सभा तथा विजया दशमी, दीपावली एवं छठ पर्वको शुभकामना आदानप्रदान

  एकता, सहकार्य र सुशासन हाम्रो अभियान सक्षम सहकारी व्यवस्थापन, समृद्ध सहकारी क्षेत्र हाम्रो लक्ष्य  भन्ने मुल नाराका साथ को- म्यानेजर्स क्ल...


  एकता, सहकार्य र सुशासन हाम्रो अभियान

सक्षम सहकारी व्यवस्थापन, समृद्ध सहकारी क्षेत्र हाम्रो लक्ष्य  भन्ने मुल नाराका साथ को- म्यानेजर्स क्लब (CMC) पर्साको आठौँ वार्षिक साधारण सभा तथा विजया दशमी, दीपावली एवं छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम  गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको सभा हलमा भव्य रूपमा सम्पन्न भएको छ!  क्लबका अध्यक्ष चन्द्रेश्वर प्रसाद चौरसियाको अध्यक्षता तथा क्लबका संस्थापक अध्यक्ष जिष्णु बरालको प्रमुख आतिथ्यामा सो कार्यक्रम सम्पन्न भएको  हो! कार्यक्रममा  क्लबका निवर्तमान  अध्यक्ष रवि भूषण श्रीवास्तवको विशेष उपस्थितिमा सम्पन्न भएको थियो 

को-अपरेटिभ म्यानेजर्स क्लब (CMC) पर्साको आठौँ वार्षिक साधारण सभा तथा विजया दशमी, दीपावली एवं छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान एवं उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको अध्यक्ष चौरसियाले बताएका छन्! 

कार्यक्रममा क्लबका उपाध्यक्ष रामबाबु चौधरीले   कार्यक्रमको स्वागत मन्तव्य राख्नुभएको थियो। उहाँले उपस्थित अतिथिहरु, पदाधिकारीहरू, सदस्यहरू तथा सम्पूर्ण महानुभावहरूलाई स्वागत गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन क्लबका महासचिव प्रदीप कुमार लोहारले गर्नुभएको थियो। कार्यक्रममा क्लबका सचिव श्री दीपेन्द्र श्रेष्ठज्यू, कोषाध्यक्ष श्रीमती किरण ठाकुरज्यू, सदस्यहरू श्रीमती दीपिका श्रेष्ठज्यू, श्री चन्द्रशेखर प्रसादज्यू, श्री डी. के. जैसवालज्यू, शिक्षा उपसमितिका सदस्य श्री इन्दु रञ्जितकारज्यू, श्री उमेश शाह तुरहाज्यू लगायत क्लबका सम्पूर्ण पदाधिकारी, सदस्य तथा विभिन्न उपसमितिका सदस्यहरूको गरिमामय उपस्थिति रहेको थियो।

 सभाका प्रमुख गतिविधि तथा छलफलका विषयहरू

 क्लबको वार्षिक गतिविधि तथा प्रगतिको समीक्षा।

 ब्यानरमा उल्लेखित मूल नारा “व्यवस्थापकहरूको क्षमता, सहकारी संस्थामा एकरूपता” अनुसार सहकारी क्षेत्रका समसामयिक विषयहरूमा छलफल तथा विचार आदानप्रदान।

 विजया दशमी, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान।

सहकारी संस्थाहरूको व्यवस्थापकीय क्षमता, पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्ने विषयमा विमर्श।

 सहकारी व्यवस्थापकहरूबीच आपसी समन्वय, सहकार्य तथा अनुभव आदानप्रदानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता।

 क्लबको संस्थागत विकास, आगामी कार्ययोजना तथा सहकारी क्षेत्रका चुनौतीहरूको समाधानका उपायबारे छलफल।

कार्यक्रममा सहकारी क्षेत्रलाई अझ व्यवस्थित, पारदर्शी, जिम्मेवार र प्रभावकारी बनाउन सहकारी व्यवस्थापकहरूबीच एकता, सहकार्य तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्नुपर्ने विषयमा विशेष जोड दिइएको थियो। साथै, क्लबलाई अझ सक्रिय, सशक्त र परिणाममुखी बनाउँदै सहकारी क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिएको थियो। 

 हार्दिक धन्यवाद तथा आभार!

यस आठौँ वार्षिक साधारण सभा एवं शुभकामना आदानप्रदान कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू, अध्यक्षज्यू, उपाध्यक्षज्यू, स्वागत मन्तव्य राख्नुहुने श्री रामबाबु चौधरीज्यू, सम्पूर्ण पदाधिकारीज्यूहरू, सदस्यज्यूहरू, शिक्षा उपसमितिलगायत विभिन्न उपसमितिका सदस्यज्यूहरू, सल्लाहकारज्यूहरू, पत्रकारज्यूहरू आशिक अन्सारीज्यू, उज्वल शर्माज्यू लगायत) तथा उपस्थित सम्पूर्ण महानुभावहरूप्रति को-अपरेटिभ म्यानेजर्स क्लब (CMC) पर्सा परिवार हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ। 

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content