$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

सरकारले आज देखि जनताको ढाड सेक्ना सुरु गर्यो लागू नयाँ कर व्यवस्था : शिक्षा, स्वास्थ्य, बिजुलीलगायत सेवामा बढ्यो कर, कुनमा कति?

सरकारले  आज देखि जनताको ढाड सेक्ना सुरु गर्यो  लागू नयाँ कर व्यवस्था : शिक्षा, स्वास्थ्य, बिजुलीलगायत सेवामा बढ्यो कर, कुनमा कति? : सरकारले ...

सरकारले  आज देखि जनताको ढाड सेक्ना सुरु गर्यो  लागू नयाँ कर व्यवस्था : शिक्षा, स्वास्थ्य, बिजुलीलगायत सेवामा बढ्यो कर, कुनमा कति? : सरकारले आर्थिक वर्ष २०८३–०८४ को बजेटअनुसार १ साउन (आज)देखि विभिन्न कर तथा राजस्वसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ।

नयाँ व्यवस्थाअनुसार व्यक्तिगत आयकरमा केही राहत दिइएको छ भने चुरोट, सुर्तीजन्य पदार्थ, मदिरा तथा केही विलासिताका वस्तुमा कर बढाइएको छ। उद्योगलाई प्रतिस्पर्धी बनाउन २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको छ भने ३६० प्रकारका वस्तुबाट अन्तःशुल्क हटाइएको छ।सरकारले राजस्व वृद्धि र स्वास्थ्यसम्बन्धी नीतिलाई लक्षित गर्दै चुरोट, सुर्ती, खैनी, गुट्खा, चपाउने सुर्ती, बियर, वाइन, स्वदेशी तथा विदेशी मदिरा र चिनी बढी भएका कार्बोनेटेड तथा एनर्जी ड्रिंक्समा अन्तःशुल्क बढाएको छ। यसले यी वस्तुको बजार मूल्य बढ्ने अपेक्षा गरिएको छ।उच्च क्षमताका विलासितापूर्ण सवारीसाधन, केही बहुमूल्य धातु तथा गहनामा पनि भन्सार तथा सम्बन्धित कर समायोजन गरिएको छ।शिक्षा र स्वास्थ्य सेवामा ३ प्रतिशत 'समता शुल्क'१ साउनदेखि निजी क्षेत्रबाट सञ्चालित शिक्षा र स्वास्थ्य संस्थामा सेवा लिँदा ३ प्रतिशत 'समता शुल्क' लागू भएको छ।निजी विद्यालय, कलेज, विश्वविद्यालय तथा प्राविधिक शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीले सेवा शुल्कमा ३ प्रतिशत 'शिक्षा समता शुल्क' तिर्नुपर्नेछ।

त्यस्तै, सरकारी अस्पतालबाहेकका निजी अस्पताल, क्लिनिक तथा स्वास्थ्य संस्थाबाट सेवा लिँदा बिरामीले सेवा शुल्कमा ३ प्रतिशत 'स्वास्थ्य समता शुल्क' तिर्नुपर्नेछ।

५० युनिटभन्दा बढी बिजुलीमा भ्याट

१ साउनदेखि ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकलाई ५ प्रतिशत भ्याट लाग्नेछ भने अन्य सबै उपभोक्तालाई १३ प्रतिशत भ्याट लाग्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

सेयर कारोबारमा नयाँ पुँजीगत लाभकर

एक वर्षभन्दा बढी अवधिसम्म स्वामित्वमा रहेको सेयर बिक्री गर्दा ७.५ प्रतिशत र एक वर्षभित्र बिक्री गर्दा १० प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था लागू भएको छ।

व्यक्तिगत आयकरको नयाँ सीमा

आर्थिक ऐन, २०८३ अनुसार व्यक्तिगत आयकरको न्यूनतम सीमा १० लाख रुपैयाँ कायम गरिएको छ।

१० लाख रुपैयाँसम्मको करयोग्य आयमा १ प्रतिशत आयकर

१० लाखदेखि १५ लाख रुपैयाँसम्म १० लाखसम्मको कर र थप आयमा १० प्रतिशत

१५ लाखदेखि २५ लाख रुपैयाँसम्म २० प्रतिशत

२५ लाख रुपैयाँभन्दा माथि २७ प्रतिशत

४० लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा थप २ प्रतिशत अतिरिक्त कर

सरकारले अधिकतम व्यक्तिगत आयकर दर ३९ प्रतिशतबाट २९ प्रतिशतमा झारेको छ।


राइड सेयरिङ चालकलाई प्यान अनिवार्य

आन्तरिक राजस्व विभागले राइड सेयरिङ प्लेटफर्ममार्फत सेवा दिने सबै चालकलाई स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेको छ। अब प्यान लिएर मात्र यस्तो सेवा सञ्चालन गर्न पाइनेछ।


१ साउनदेखि लागू भएका मुख्य परिवर्तन

वार्षिक १० लाख रुपैयाँसम्मको करयोग्य आयमा १ प्रतिशत आयकर

अधिकतम व्यक्तिगत आयकर दर ३९ प्रतिशतबाट २९ प्रतिशतमा

अविवाहित र विवाहितका लागि एउटै आयकर स्ल्याब

चुरोट, सुर्ती, गुट्खा, रक्सी, बियर तथा चिनी बढी भएका पेय पदार्थमा अन्तःशुल्क वृद्धि

विलासितापूर्ण सवारीसाधनमा कर वृद्धि

२७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइयो

३६० प्रकारका वस्तुबाट अन्तःशुल्क हटाइयो

दीर्घकालीन सेयर कारोबारमा ७.५ प्रतिशत पुँजीगत लाभकर

निजी शिक्षा र स्वास्थ्य सेवामा ३ प्रतिशत 'समता शुल्क'

५० युनिटभन्दा बढी घरायसी विद्युत् खपतमा ५ प्रतिशत भ्याट

राइड सेयरिङ सेवामा आबद्ध चालकका लागि प्यान अनिवार्य गरेको छ!

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content