गहवामाई रथयात्रा २०८३ सफलतापूर्वक सम्पन्न भएको छ। श्री गहवामाई रथयात्राको चौथो रथयात्रा निकालिएको हो यसपटक करीब एक लाख भन्दा बढी श्रद्धालु भक्तजन*्हरूको सहभागिता रहेको थियो।
रथयात्रा बिहान **७:३० बजे** सुरु हुने तालिका भए पनि बिहान **बिहान ३ बजेदेखि परेको अविरल वर्षा**का कारण केही समय ढिलाइ भएको हो । वर्षा रोकिएपछि रथयात्रा बिहान ८:४५ बजे सुरु गरिएको थियो । प्रतिकूल मौसमका बाबजुद पनि **एक लाख भन्दा बढी भक्तजन**हरूको उत्साहजनक उपस्थितिले रथयात्रालाई भव्य र ऐतिहासिक सफलता भएको आयोजकले जनाएको छ 
यस ऐतिहासिक श्री गहवामाई तीर्थ क्षेत्र बिकास समिति**, सम्पूर्ण **स्वयंसेवकहरू**, सुरक्षा निकाय, सहयोगी संस्था तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिनुहुने सम्पूर्ण भक्तजनप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं। यसपटकको रथयात्रामा भक्तजनहरू विभिन्न जिल्लाहरूबाट उल्लेखनीय रुपमा उपस्थिति भएको थियो रथयात्रा घण्टाघर हुँदै रेलवे रोड छपकैया नारायणी अस्पताल आदर्श नगर हुँदै पूर्ण माइस्थानमा आएर समापन भएको थियो






















COMMENTS